विश्व

पाकिस्तानलाई आईएमएफले दियो ७ अर्ब डलर ऋण

इकागज | असोज १०, २०८१

काठमाडौँ - अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले आर्थिक संकटमा फसेको पाकिस्तानलाई ७ अर्ब डलरको ऋण दिने निर्णय गरेको छ। पाकिस्तानी प्रधानमन्त्री कार्यालयले आईएमएफको सञ्चालक समितिले यो ऋणलाई अनुमोदन गरेको जानकारी दिएको छ।

पाकिस्तानी अर्थतन्त्रलाई सुधार गर्न र आर्थिक स्थिरता ल्याउन प्रधानमन्त्री शेहबाज शरिफको सरकारको आग्रहपछि आईएमएफले यो राहत दिएको हो। तर, ऋण स्वीकृतिका लागि पाकिस्तानले कृषि कर प्रणाली सुधार, वित्तीय अनुसन्धानमा पारदर्शिता र राज्यका अन्य आर्थिक सुधारका प्रतिवद्धता जनाउनु परेको छ।

पाकिस्तानले यसअघि सन् १९५८ यता २२ पटक आईएमएफबाट ऋण लिइसकेको छ । जुन पछिल्लो समय अझै बढ्दै गएको छ। पछिल्लो तथ्यांक अनुसार, पाकिस्तानको कुल बाह्य ऋण १३० अर्ब डलर पुगेको छ, जसमा मात्र ३० प्रतिशत हिस्सा चीनको छ।

आगामी तीन वर्षभित्र पाकिस्तानले ९० अर्ब डलर ऋण चुक्ता गर्नुपर्ने अवस्थामा छ, जसले देशलाई अझै गहिरो आर्थिक संकटमा पुर्याउन सक्छ। आईएमएफको पाँचौं ठूलो ऋणी राष्ट्र बनेको पाकिस्तानले आईएमएफकै ६.२८ अर्ब डलर ऋण तिर्नुपर्ने अवस्था छ। यस्तो अवस्थामा, आईएमएफको नयाँ ऋण पाकिस्तानका लागि राहत हो या थप ऋणको चक्रव्यूह? प्रश्न अनुत्तरित छ।
 

क्यानडाका प्रधानमन्त्री ट्रुडोविरुद्धको अविश्वास प्रस्ताव असफल

इकागज | असोज १०, २०८१

काठमाडौँ- क्यानडामा प्रधानमन्त्री जस्टिन ट्रुडोको सरकार आफैंविरुद्धको अविश्वासको प्रस्तावलाई पराजित गर्न सफल...

चीनद्वारा प्रशान्त महासागरमा अन्तरमहादेशीय क्षेप्यास्त्र प्रक्षेपण

इकागज | असोज ९, २०८१

काठमाडौँ - चीनले बुधबार एउटा अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेको बताएको ...

श्रीलंकामा सत्ता परिवर्तन: नवनिर्वाचित राष्ट्रपति दिसानायकेले संसद् विघटन गरी निर्वाचनको मिति तोके

इकागज | असोज ९, २०८१

काठमाडौँ - श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकेले पद ग्रहण गरेलगत्तै संसद् विघटन गर्न...

थाइल्याण्डको समलिङ्गी कानुनमा राजाको हस्ताक्षर, १२० दिनपछि लागु हुने

इकागज | असोज ९, २०८१

थाइल्याण्डमा समलिङ्गी विवाहलाई कानुनी मान्यता पाएको छ । थाइल्याण्डका राजा माहा वजिरालोङकर्नले संसदल...