विश्व

नाइजेरियाको उत्तरपश्चिममा बन्दुकधारीद्वारा ४० जना यात्रु अपहरित

इकागज | जेठ ३०, २०७९

काठमाडौँ - देशको उत्तरपश्चिमी राज्य जाम्फाराको एक सडकमा बन्दुकधारीहरूले ४० जना यात्रुहरूलाई अपहरण गरेका छन्।

जाम्फाराका प्रहरी प्रवक्ता मुहम्मद सेहुले शनिबार साँझ जाम्फारा र छिमेकी राज्य सोकोटो जोड्ने द्रुतमार्गबाट अपहरणमा परेका ४० पीडितको पहिचान र उद्धार गर्न संयुक्त सुरक्षा अभियान जारी रहेको जानकारी दिएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार पीडितहरू सोकोटोको तम्बुवाल स्थानीय सरकारी क्षेत्रको एक विवाह समारोहबाट जाम्फारा फर्कदै गर्दा एक्सप्रेसवेमा सडक अवरुद्ध गर्ने बन्दुकधारीहरूले उनीहरूलाई पछ्याएका थिए।

नाइजेरिया, सबैभन्दा  जनघनत्व भएको अफ्रिकी देश हो जहाँ अपहरण, लुटपाट र चरमपन्थी हमलाहरू सहित असुरक्षाका घटनाहरूको शृङ्खलाबाट समस्याग्रस्त छ। रासस

अमेरिका र युरोपले युक्रेनलाई दिएको हतियार रुसी सेनाले नष्ट गरेको दाबी

इकागज | जेठ ३०, २०७९

किभ- रुसले एउटा मिसाइलमार्फत अमेरिका र युरोपेली हतियार भएको एउटा ठूलो डिपो नस्ट गरेको दाबी गरेको छ ...

युक्रेनलाई थप सैन्य सहयोग उपलब्ध गराउँछौँ : ब्रिटिश रक्षामन्त्री

इकागज | जेठ २९, २०७९

किभ- ब्रिटिश रक्षामन्त्रीले युक्रेनलाई थप सैन्य सहयोग उपलब्ध गराइने बताएका छन् । बेलायती रक्षामन्त्री बेन वा...

इन्डो–प्यासिफिक क्षेत्रमा अमेरिकी रणनीतिले द्वन्द्व निम्त्यायो : चीन

इकागज | जेठ २९, २०७९

बेइजिङ- इन्डो–प्यासिफिक क्षेत्रमा अमेरिकी रणनीतिले भावी द्वन्द्वलाई उकास्ने काम गरेको चीनका रक्षामन्त्...