विश्व

मस्कोमाथि लगाएको प्रतिबन्धबारे के भन्‍छन् पुटिन ?

इकागज | असार ४, २०७९

मस्को- रुसले युक्रेनमा आक्रमण गरेपछि पश्चिम देशहरूले मस्कोमाथि लगाएको प्रतिबन्ध ‘पागल र विचारहीन’ भएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टिप्प्णी गरेका छन् । सेन्ट पिटर्सबर्गमा एक फोरममा बोल्दै राष्ट्रपति पुटिनले पश्चिमा देशहरूले लगाएको प्रतिबन्ध बिफल भएको दाबी गरे । उनले अगाडि भने, ‘रुसविरुद्धको आर्थिक प्रतिबन्ध सुरुदेखि नै सफल हुने कुनै सम्भावना थिएन ।’

रुसमाथिको प्रतिबन्ध  प्रतिबन्ध लगाउनेहरूका लागि ‘अधिक हानिकारक’ भएको उनले बताए । पश्चिमी राष्ट्रहरूले रुसलाई दण्ड दिने र आफ्नो अर्थतन्त्रको रक्षा गर्न खोजिरहेका छन् ।

तर। वार्षिक सेन्ट पिटर्सबर्ग इन्टरनेसनल इकोनोमिक फोरममा बोल्दै राष्ट्रपति पुटिनले रुसमाथिको प्रतिबन्धका कारण युरोपेली युनियनले ४०० अर्ब डलरभन्दा बढी गुमाउन सक्ने दाबी गरे ।

रुसी सेनाले पछिल्लो समयमा पूर्वी युक्रेनमा हमला गरेको छ । 

श्रीलङ्काका प्रधानमन्त्रीले आर्थिक पुनरुत्थानको मार्गचित्र प्रस्तुत गर्ने

इकागज | असार ३, २०७९

कोलम्बो - श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले वर्तमान आर्थिक सङ्कटबाट देशलाई पार लगाउनका लागि छिट्...

पाकिस्तानी प्रमभन्दा उनकी श्रीमती धनी, पूर्वप्रम खान चार बाख्राका मालिक, श्रीमतीभन्दा गरिब !

इकागज | असार २, २०७९

इस्लामावाद - पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफ र पूर्वप्रधानमन्त्री इमरान खान आफ्ना श्रीमतीभन्दा गरिब भएक...