विश्व

वर्षाले चीनको जियाङ्सीमा ४८५,००० मानिस प्रभावित

इकागज | असार ७, २०७९

नानचाङ- पूर्वी चीनको जियाङ्सी प्रान्तको बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले सोमबार साँझ बाढी नियन्त्रण आपतकालीन प्रतिक्रिया स्तर २ मा स्तरोन्नति गरेको छ ।  सो क्षेत्रमा करिब ४८५,००० बासिन्दाहरू अविरल वर्षाबाट प्रभावित भएका छन् ।

शनिबार दिउँसो ३:०० बजेदेखि सोमबारसम्मको भारी वर्षा र बाढीका कारण जियाङ्सीका ५५ काउन्टीमा ४३ हजार ३०० हेक्टर बाली प्रभावित भएको थियो । मुख्यालयका अनुसार बाढीबाट प्रत्यक्ष आर्थिक क्षति ४७० मिलियन युआन (करिब ७०.४ मिलियन अमेरिकी डलर) पुगेको छ ।

स्थानीय मौसम विभागले मङ्गलबार जियाङ्सीमा वर्षा अलिकति कमजोर भए पनि यसको दक्षिणी र पूर्वी भागमा भारी वर्षा हुने जनाएको छ । वर्षाको प्रभाव बुधबार उत्तर याङ्जी नदी तर्फ सर्नेछ । (सिन्ह्वा)

युक्रेनी बालबालिकालाई सहयोग गर्न रुसी पत्रकारले बेचे नोबेल पुरस्कार

इकागज | असार ७, २०७९

मस्को- स्वतन्त्र अखबार नोभाया गजेटाका रूसी प्रधान सम्पादक दिमित्री मुरातोभले युक्रेनको युद्धबाट विस्थापित ब...

जापानको अदालतले भन्यो- समलिंगी विवाहमाथिको प्रतिबन्ध असंवैधानिक होइन

इकागज | असार ७, २०७९

टोकियो- जापानको एक अदालतले समलिंगी विवाहमाथिको प्रतिबन्ध असंवैधानिक नभएको फैसला गरेको छ । ओसाकाको ज...

पूर्वविद्रोही लडाकु गुस्ताभो कोलम्बियाको राष्ट्रपति निर्वाचित

इकागज | असार ६, २०७९

काठमाडौँ – पूर्वविद्रोही लडाकु गुस्ताभो पेट्रो कोलम्बियाको राष्ट्रपति निर्वाचित भएका छन् । आइतबार भए...

इन्धन बचत गर्न बंगलादेश र पाकिस्तानमा पसल खोल्ने समय सीमा तोकियो

इकागज | असार ६, २०७९

ढाका- इन्धनमा भएको अस्वभाविक मुल्य वृद्धिले दक्षिण एसियाका एकपछि अर्को देश प्रभावित बनेका छन् । श्रीलंका ल...

'अग्निपथ'को विरोधमा आज भारत बन्दः बिहारका २० जिल्लामा इन्टरनेट समेत अवरुद्ध

इकागज | असार ६, २०७९

नयाँ दिल्ली - सरकारले ल्याएको अग्निपथ योजनाको विरोधमा आज भारत बन्दको आह्वान गरिएको छ । बन्दको पूर्व...