विश्व

अस्ट्रेलियामा बाढीः सिड्नीका ५० हजार जनालाई घर छाड्न आग्रह

इकागज | असार २१, २०७९

सिड्नी- अष्ट्रेलियामा आएको बाढीपछि करिब ५० हजार मानिसहरूलाई आफ्नो घर छाड्न आग्रह गरिएको छ । यस वर्ष तेस्रो पटक आएको बाढीपछि सिड्नीका बासिन्दालाई घर खाली गर्न भनिएको हो । 

पछिल्लो चार दिनमा सिड्नीका केही भागमा करिब ८ महिनाको वर्षा भएको जनाइएको छ । 

वर्षाका कारण सडक अवरुद्ध भएको छ, केही घरहरू पानीमा डुबेका छन् भने हजारौं मानिस विद्युतविहीन बनेका छन् । यो वर्ष अस्ट्रेलियामा बाढीका कारण २० जनाको मृत्यु भइसकेको छ । तीमध्ये अधिकांश न्यु साउद वेल्स (एनएसडब्लू) का छन् । 

लुगान्स्क क्षेत्रलाई नियन्त्रणमा लिएपछि यसो भन्‍छन् पुटिन

इकागज | असार २१, २०७९

किभ- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षामन्त्री सर्गेई सोइगुलाई युक्रेनमा रुसी हमला आक्रमक बनाउन आदेश ...

भारतद्वारा धार्मिक स्वतन्त्रतासम्बन्धी अमेरिकी प्रतिवेदनको आलोचना

इकागज | असार २०, २०७९

नयाँ दिल्ली- भारतले संयुक्त राज्य अमेरिकाको अन्तरारष्ट्रिय धार्मिक स्वतन्त्रता आयोगले भारतमा धार्मिक स्वतन्त्रत...