विश्व

राजापाक्षेको सरकारी निवासमा लाखौँ रकम भेटिएको प्रदर्शनकारीको दाबी

इकागज | असार २६, २०७९

कोलम्बो- श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवासमा तोडफोड गर्ने सरकार विरोधी प्रदर्शनकारीहरूले दरबारभित्र लाखौं रकम बरामद गरेको दाबी गरेका छन् । 

प्रदर्शनकारीले फेला परेका नोट गन्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । बरामद भएको रकम सुरक्षा निकायलाई हस्तान्तरण गर्ने भनिएको डेली मिरर पत्रिकाले जनाएको छ ।

यसबारेमा सान्दर्भिक तथ्य छानबिन गरी वास्तविक अवस्थाबारे जानकारी दिने अधिकारीहरूले बताएका छन् ।

सुरक्षा घेरा तोड्दै हजारौँ प्रदर्शनकारी शनिबार राष्ट्रपति निवासमा प्रवेश गरेका थिए । निवासमा प्रदर्शनकारी प्रवेश गर्न थालेपछि राजापाक्षे सुरक्षित स्थानमा भागेका थिए । उनी कहाँ छन् भन्नेबारेमा केही खुलाइएको छैन् । केही विवरणमा उनी सेनाको मुख्यालयमा रहेको बताइएको छ ।  

राष्ट्रपतिले १३ जुनमा राजीनामा दिने घोषणा गरिसकेका छन् । प्रदर्शन चर्किएपछि मे महिनामा राष्ट्रपति गोटाबाया राजापाक्षेका जेठा भाइ तथा प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका थिए । एजेन्सी

श्रीलंका संकट : शान्ति कायम गर्न सेना प्रमुखले खोजे जनताको समर्थन

इकागज | असार २६, २०७९

कोलम्बो- अभूतपूर्व आर्थिक संकट सामना गरेको श्रीलंकाका सेना प्रमुख जनरल सभेन्द्र सिल्भाले आइतबार शान्ति काय...

दक्षिण अफ्रिकाको ६५० हेक्टर क्षेत्रमा लागेको भीषण आगलागी नियन्त्रणमा

इकागज | असार २६, २०७९

पेरिस- दक्षिणी फ्रान्समा ६५० हेक्टर क्षेत्रमा लागेको भीषण आगलागी नियन्त्रणमा लिइएको त्यहाँको फायर सर्भिसले ...

श्रीलंका​मा प्रधानमन्त्रीको घरमा आगजनी, राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा दिने

इकागज | असार २६, २०७९

 कोलम्बो - अभूतपूर्व आर्थिकसंकट बिच महिनौंदेखि चलेको विरोधपछि श्रीलंकाका राष्ट्रपति गोटाबाया राजाप...

श्रीलंका राष्ट्रपति निवासमा प्रदर्शनकारी स्विमिङ खेल्दै, सेल्फी हान्दै

इकागज | असार २५, २०७९

काठमाडौँ – श्रीलंकाका राष्ट्रपति गोटाबया राजापाक्षा सरकारी निवास छाडेर फरार भएपछि उक्त निवासमा र...

अमरनाथमा आँधी र वर्षा हुँदा मृत्यु हुनेकाे संख्या १६ पुग्याे, ४५ बेपत्ता

इकागज | असार २५, २०७९

नयाँदिल्ली - नयाँदिल्ली- भारतको अमरनाथको पवित्र मन्दिर नजिकै शुक्रबार अपराह्न भारी वर्षा हुँदा १६ ज...