विश्व

अमरनाथमा आँधी र वर्षापछि १२ जनाको मृत्यु, ४० बेपत्ता

इकागज | असार २५, २०७९

नयाँ दिल्ली- भारत प्रशासित जम्मु कश्मीरको अमरनाथको पवित्र मन्दिर नजिकै आएको आँधी र वर्षाका कारण १२ जनाको मृत्यु भएको छ । वर्षामा ४० भन्दा बढी बेपत्ता भएका छन् । 

वर्षापछि अर्को सूचना नभएसम्मका लागि अमरनाथको यात्रा स्थगित गरिएको छ । अहिले उक्त क्षेत्रमा उद्धार कार्य तीब्र पारिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

स्थानीय समयअनुसार शुक्रबार साढे पाँच बजे अकस्मात आँधी र वर्षा सुरु भएको थियो ।  घाइतेहरुलाई अस्पताल पु¥याउन सेनाको हेलिकप्टर परिचालन गरिएको छ । एजेन्सी

जापानका पूर्वप्रधानमन्त्री आबेको निधन : नेपालले आज राष्ट्रिय शोक मनाउने

इकागज | असार २५, २०७९

काठमाडौं -  जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा नेपालले पनि आज राष्ट्रिय शोक मनाउने भएको...

जापानका पूर्वप्रधानमन्त्री आबेको निधनमा शनिबार राष्ट्रिय शोक मनाइने

इकागज | असार २४, २०७९

काठमाडौं -  जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा सरकारले शनिबार राष्ट्रिय शोक मनाउने निर्ण...

भाषण गर्दागर्दै गोली प्रहार भएको थियो आबेमाथि, कस्तो छ अवस्था ?

इकागज | असार २४, २०७९

जापान- जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे नारा सहरमा आयोजित एक कार्यक्रममा गोली लागेर बेहोस भएका छन् ।...