विश्व

नाइजेरिया जेलमा सशस्त्र आक्रमण, कम्तीमा तीन सय कैदी भागे

इकागज | असार २२, २०७९

अबुजा - नाइजेरियाको राजधानी सहर अबुजाको जेलमा अज्ञात बन्दुकधारीले मंगलबार गरेको आक्रमणमा एक कैदीको मृत्यु भएको छ भने कम्तीमा ३०० कैदी फरार भएका एक वरिष्ठ सुरक्षा अधिकारीले बुधबार जानकारी दिएका छन् ।

घटनामा अन्य तीन जना घाइते भएका पनि बताइएको छ । आक्रमणकारीहरूले मंगलबार राति अबुजाको दक्षिण पश्चिममा पर्ने कुजा क्षेत्रमा रहेको सुधार गृहमा आक्रमण गरेका थिए ।

उनीहरूले करिब ६०० जना कैदीबन्दीलाई छुटाएपनि अहिलेसम्म भाग्ने कैदीबन्दीको आधा संख्यालाई पुनः सुरक्षा नियन्त्रणमा लिइएको यहाँका आन्तरिक मामिला मन्त्रालयका स्थायी सचिव शुइबु बेगोरले बताए । 

बेगोरले बुधबार सञ्चारकर्मीहरूसँग बताएअनुसार कट्टरपन्थी समूह बोको हरामका लडाकू दस्ताले आक्रमण गरेको आशंका गरिएको छ ।  उनका अनुसार केही बोको हराम सदस्य र पुर्पक्षका लागि खडा भएका वा पहिल्यै दोषी ठहरिएका उच्च–प्रोफाइलका सरकारी अधिकारीसहित ९९४ कैदीहरू उक्त सुधार गृहमा रहेका थिए । 

“हामीले बुझेका छौं कि तिनीहरू बोको हराम आतंकवादी हुन् र विशेष गरी तिनीहरूले कैँदी भगाउने उद्देश्यले नै त्यहाँ आक्रमण गरेका थिए । 

एक वक्तव्यमा नाइजेरिया सुधार सेवा (एनसीएस) का राष्ट्रिय प्रवक्ता अबुबकर उमरले उक्त आक्रमणलाई सुरक्षा निकायहरुले सफलतापूर्वक विफल पारेको बताए।   

लुगान्स्क क्षेत्रलाई नियन्त्रणमा लिएपछि यसो भन्‍छन् पुटिन

इकागज | असार २१, २०७९

किभ- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षामन्त्री सर्गेई सोइगुलाई युक्रेनमा रुसी हमला आक्रमक बनाउन आदेश ...