विश्व

अमेजन क्षेत्रको वन विनाश ६ वर्षयताकै उच्च

इकागज | साउन २, २०७९

रियो दि जेनेरियो - ब्राजिलको अमेजन क्षेत्रको वन विनाश ६ वर्षयताकै उच्च भएको राष्ट्रिय अन्तरिक्ष एजेन्सी इन्पेले जनाएको छ । जनवरीदेखि जुनको  बीचमा अमेजन क्षेत्रमा करिब ३,९८८ वर्ग किलोमिटर जमिन खाली गरिएको थियो ।

गत वर्ष सोही अवधिमा ३ हजार ८८ वर्ग किलोमिटर वन फडानी भएको थियो । वायुमण्डलबाट ठूलो मात्रामा हरितगृह ग्यासहरू सोसेर ग्रहको अक्सिजन र कार्बन डाइअक्साइड चक्रमा अमेजनले महत्वपूर्ण भूमिका खेल्छ ।  वातावरणविद्हरू बढ्दो वन फँडानीको दोष ब्राजिलका दक्षिणपन्थी राष्ट्रपति जैर बोल्सोनारोलाई दिन्छन् । उनले यसअघि सरकारले ल्याएका वातावरण संरक्षण नीति उल्ट्याएका छन् ।

ब्राजिलको वातावरण मन्त्रालयले वातावरणीय अपराधविरुद्ध लड्न बाध्य भएको जनाएको छ । अमेजन संसारको सबैभन्दा ठूलो वर्षावन हो । उक्त क्षेत्रमा रुखहरु काठ र बाली लगाउन  काटिन्छन् । यहाँको उत्पादन विश्वव्यापी खाद्य कम्पनीमा आपूर्ति हुन्छ ।

उच्च स्तरको वन फँडानीले आगलागीलाई बढावा दिएको अक्सफोर्ड युनिभर्सिटीका डा. मानोएला मचाडो बताउँछन् । एजेन्सी

भारतीय उपराष्ट्रपति निर्वाचन : पूर्वमन्त्री मार्गरेट अल्वा विपक्षीको उम्मेदवार

इकागज | साउन १, २०७९

दिल्ली - भारतीय कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री मार्गरेट अल्वा अगस्त ६ मा हुने उपराष्ट्रपति पदको निर्...

उत्तरी ग्रीसमा मालबाहक विमान दुर्घटना, चालक दलका आठजना सदस्यको मृत्यु

इकागज | साउन १, २०७९

पलाइचोरी- उत्तरी ग्रीसमा शनिबार राति मालबाहक एउटा विमान दुर्घटना हुँदा त्यसमा रहेका चालक दलका सब...

श्रीलंकाको सत्तारुढ दलले राष्ट्रपतिका लागि रनिल विक्रमासिंघेलाई मनोनयन गर्ने

एजेन्सी | साउन १, २०७९

कोलम्बो- श्रीलंकाको सत्तारुढ दलले संसदले अर्को हप्ता नयाँ नेता चयन गर्दा कार्यवाहक राष्ट्रपति रनिल वि...

चीनमा प्रचण्ड गर्मी

इकागज | साउन १, २०७९

बेइजिङ - प्रचण्ड गर्मी बढेसँगै चीनको राष्ट्रिय वेधशालाले उच्च तापक्रमबाट जोगिन सर्वसाधारणमा चेतावनी जारी ...

इन्धन अभाव, चर्को मूल्यवृद्धिसँगैको हिंसाले हाइटीको राजधानी अस्तव्यस्त

इकागज | साउन १, २०७९

पोर्ट अउ प्रिन्स- गिरोहको क्रुर  हिंसा, इन्धन अभाव र खाद्यवस्तुको बढ्दो मूल्य वृद्धिले हाइटीको राजधानी...

श्रीलंकाका कार्यवाहक राष्ट्रपतिले तत्काल खाना, इन्धन राहत कार्यक्रम लागू गर्ने

इकागज | साउन १, २०७९

कोलम्बो- श्रीलंकाका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेले आर्थिक संकटका कारण संघर्ष गरिरहेका नागरिकलाई...