विश्व

श्रीलंकाको सत्तारुढ दलले राष्ट्रपतिका लागि रनिल विक्रमासिंघेलाई मनोनयन गर्ने

एजेन्सी |
साउन १, २०७९ आइतबार १४:२८ बजे

कोलम्बो- श्रीलंकाको सत्तारुढ दलले संसदले अर्को हप्ता नयाँ नेता चयन गर्दा कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेलाई राष्ट्रपतिको लागि मनोनयन गर्ने पार्टीका एक अधिकारीले जानकारी दिएका छन् ।
 
‘हामीले रनिल विक्रमासिंघेलाई हाम्रो राष्ट्रपतिको उम्मेदवारको रूपमा समर्थन गर्ने निर्णय गरेका छौं,’ श्रीलंका पोदुजाना पेरामुना (एसएलपीपी) का महासचिव सागरा करियावासमले रोयटर्सलाई भने ।
 
 देशको सबैभन्दा खराब आर्थिक संकटका कारण उत्पन्न अशान्तिपछि श्रीलंकाबाट भागेका पूर्व राष्ट्रपतिगोटाबाया राजापाक्षेको परिवारको यो पार्टीको बर्चस्व छ ।
 
पेसाले वकिल विक्रमासिंघे पहिलो पटक सन् १९७७ मा संसदमा निर्वाचित भएका थिए । उनी पहिलो पटक सन् १९९३ मा प्रधानमन्त्री बनेका थिए ।
 
तीब्र प्रदर्शनबीच महिन्दाका भाइ गोटाबाय राजापाक्षे बुधबार माल्दिभ्सको राजधानी माले हुँदै सिंगापुर भागेका थिए । सेनाको विमानमा माले पुगेका गोटाबाय त्यसको भोलिपल्ट सिंगापुर पुगेका थिए ।
 
श्रीलंकामा चरम आर्थिक संकट निम्तिएको छ । यस्तो अवस्था अझै एक वर्ष रहन सक्ने विज्ञहरूले चेतावनी दिँदै आएका छन् ।
 
श्रीलंकामा खाद्यान्‍न, औषधि, इन्धनजस्ता अत्यावश्यक बस्तुको अभाव छ ।
 



Author

थप समाचार
x