क्रिकेट

वेस्ट इन्डिज 'ए' ले नेपाललाई दियो १७३ रनको लक्ष्य

इकागज |
बैशाख २२, २०८१ शनिबार १३:५७ बजे

काठमाडौँ- पाहुना टोली वेस्ट इन्डिज 'ए' ले पाँच खेलको टी-ट्वान्टी क्रिकेट सिरिजको अन्तिम खेलमा नेपाललाई १ सय ७३ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज 'ए' ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७२ रन बनायो ।


वेस्ट इन्डिज 'ए' का लागि कप्तान रोस्टन चेजले ३३ रन तथा जोनसन चार्ल्सले २४ रन बनाए । म्याथ्यु फोर्डले २३ रन तथा एलिस अथानेजले ४२ रन जोडे ।

नेपालका लागि सागर ढकालले ३ तथा सोमपाल कामीले ३ र अविनाश बोहराले १ विकेट हात पारे ।  

पाँच खेलको सिरिज भने वेस्ट इन्डिज 'ए' ३-१ ले आफ्नो पक्षमा पारिसकेको छ ।


Author

थप समाचार
x