विश्व

संकट समाधान गर्न सम्भावित सबै कदम चालेँ : गोटाबाय राजापाक्षे

इकागज | असार ३२, २०७९

कोलम्बो- श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय  राजापाक्षेले आर्थिक संकटबाट बच्‍न ‘सम्भावित सबै कदम’ चालेको बताएका छन् । आफूविरुद्धको प्रदर्शन उग्र भएपछि उनी यसै साता माल्दिभ्स हुँदै सिंगापुर भागेका थिए । उनको राजीनामा शुक्रबार संसदले अनुमोदन गरेको छ । 

श्रीलंकाका सभामुखलाई बुझाएको आफ्नो पत्रमा राजापाक्षेले श्रीलंकाको आर्थिक संकटको जड आर्थिक कुप्रबन्धमा भएको बताए । कोभिड‍-१९ महामारीको कारणले श्रीलंकाको पर्यटक आगमन र विदेशी कामदारहरूबाट आउने रेमिट्यान्समा ठूलो कमी आएको पनि उनले जिकिर गरे । 

यसअघि उनले पठाएको पत्रको पूर्ण विवरण सार्वजनिक गरिएको थिएन । ‘यो मेरो व्यक्तिगत विश्वास हो कि मैले यस संकट सम्बोधन गर्न सबै सम्भावित कदमहरू चालेको छु, जसमा सांसदहरूलाई सर्वदलीय सरकार गठन गर्न आमन्त्रित गर्ने लगायतका छन्,’ पत्रमा भनिएको छ ।

 

महिन्दा र बासिल राजापाक्षेलाई देश छाड्न प्रतिबन्ध

इकागज | असार ३१, २०७९

एजेन्सी- श्रीलंकाको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्षे र पूर्व वित्त मन्त्री बासिल राजापाक्...

श्रीलंकाका प्रधानमन्त्रीले रनिल विक्रमासिंघले लिए अन्तरिम राष्ट्रपतिको शपथ

इकागज | असार ३१, २०७९

कोलम्बो - भूतपूर्व राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा संसदका सभामुख महिन्दा यापा अबेवर्देनाले स्वी...

पाकिस्तानमा युवती अपहरणको विरोधमा हिन्दु समुदायको प्रदर्शन

इकागज | असार ३१, २०७९

इस्लामावाद - पाकिस्तानी हिन्दु समुदायले बुधबार पूर्व राष्ट्रपति आसिफ अली जरदारीको सिन्ध प्रान्तको नवाबशाहस्...

खाद्यान्न निर्यातका लागि युक्रेन-रूस वार्तामा के-के भयो ? यसो भन्‍छन् जेलेन्स्की

इकागज | असार ३१, २०७९

किभ- युक्रेनका राष्ट्रपति भोलोडिमिरि जेलिन्स्कीले खाद्यान्न निर्यातबारे रूससँगको भएको वार्तामा प्रगति भएको ...