विश्व

युरोपमा नेटो सेनालाई सुदृढीकरण गर्ने  बाइडनको घोषणा

इकागज | असार १६, २०७९

न्युयोर्क- अमेरिकी राष्ट्रपति जो बाइडनले युरोपमा नेटो सेनालाई सुदृढीकरण गर्ने  घोषणा गरेका छन् । नेटो सैन्य गठबन्धनलाई पहिलेको भन्दा आज बढी आवश्यक भएको पनि उनले बताएका छन् ।

म्याड्रिडमा आयोजना भइरहेको ट्रान्सएट्लान्टिक गठबन्धनको शिखर सम्मेलनमा उनले भने, ‘नेटोलाई प्रत्येक क्षेत्र – जमिन, वायु र समुद्रमा सबै दिशामा बलियो बनाइनेछ । ’

स्पेनमा अमेरिकी नौसैनिक डेस्ट्रोअरलाई चार बाट ६ पु¥याउने उनले बताएका छन् । त्यस्तै, पाँचौँ आर्मी कोरको स्थायी मुख्यालय पोल्याण्डमा खोल्ने र रोमानियामा ‘एडिसनल रोटसेनल ब्रिगेड’ स्थापना गर्ने उनले जानकारी दिए । अमेरिकाले जर्मनी र इटालीमा अतिरिक्त वायु रक्षा र अन्य क्षमता विस्तार गर्ने भएको छ । एजेन्सी

विश्वयुद्धको समयमा युद्ध अपराधमा सलंग्न रहेको अभियोगमा १०१ वर्षीयलाई ५ वर्ष जेल

इकागज | असार १५, २०७९

वर्लिन- जर्मनीको एक अदालतले मंगलबार पूर्वनाजी कन्सन्ट्रेसन क्याम्पका  एक १०१ वर्षीय गार्डलाई पाँच वर्षक...

दक्षिणपश्चिम कोलम्बियाको एउटा जेलबाट भाग्ने क्रममा कम्तीमा ४९ कैदीको मृत्यु

इकागज | असार १५, २०७९

बोगोटा - ​दक्षिणपश्चिम कोलम्बियाको एउटा जेलबाट भाग्ने प्रयासमा कम्तीमा ४९ कैदीको मृत्यु भएको र दर्जन...