विश्व

दक्षिणपश्चिम कोलम्बियाको एउटा जेलबाट भाग्ने क्रममा कम्तीमा ४९ कैदीको मृत्यु

इकागज | असार १५, २०७९

बोगोटा - ​दक्षिणपश्चिम कोलम्बियाको एउटा जेलबाट भाग्ने प्रयासमा कम्तीमा ४९ कैदीको मृत्यु भएको र दर्जनौं घाइते भएका छन् । ‘अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ’,नेसनल पेनिटेन्सियरी एण्ड प्रिजन इन्स्टिच्युटका प्रवक्ताले भने । मृतकको संख्या अझै बढ्न सक्ने उनले बताए । 

आगो लागेपछि भाग्ने क्रममा क्रममा उक्त दुर्घटना भएको स्थानीय अधिकारीहरूको भनाइ उद्धृत गर्दै क्याराकोल रेडियोले जनाएको छ । 

विवरणअनुसार ४० जनाभन्दा बढी घाइते भएका छन् । निवर्तमान राष्ट्रपति इभान ड्यूकले ट्विट गर्दै मृतकका आफन्तजनप्रति सहानुभूति जनाएका छन् । 

‘जेलमा भएका घटनाहरूप्रति खेद व्यक्त गर्दछौं’, उनले भने । ल्याटिन अमेरिकामा घातक जेल दंगा बारम्बार हुने गरेका छन् । कोलम्बियाको छिमेकी इक्वेडरमा सन् २०२१ को सुरुदेखि भएका ६ ओटा दंगामा झन्डै ४०० कैदी मारिएका छन् । एजेन्सी

पाकिस्तानको रावलपिण्डीमा विषालु ग्यास निस्कँदा ५ जनाको मृत्यु

इकागज | असार १४, २०७९

काठमाडौँ - पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको रावलपिन्डी शहरको एउटा इनारमा विषालु ग्यास निस्कँदा मंगलबार...

रुसी राष्ट्रपति पुटिन पहिलो पटक ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमणमा जाने

इकागज | असार १४, २०७९

मस्को [रूस] - रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको द्वन्द्वको शुरुवात्पछि मध्य एसियाली देशहर...