विश्व

टेक्ससमा लरीभित्र आप्रवासी मृत्यु हुनेको संख्या ४६ पुग्‍यो

इकागज |
असार १४, २०७९ मंगलबार १०:३० बजे

काठमाडौँ – अमेरिकाको टेक्ससस्थित सान एन्टोनियोको बाहिरी क्षेत्रमा एक लरीमा कम्तीमा ४६ जना मृत भेटिएका छन् । मृत्यु हुने सबै आप्रवासीहरू रहेको आशंका गरिएको छ । 

अन्य ४ बालबालिका सहित १६ जनालाई अस्पताल लगिएको एक दमकल अधिकारीले बताएको बीबीसीले जनाएको छ । बाँचेकाहरू गर्मी र थकानबाट पीडित भएको बताइएको छ । 


अमेरिका-मेक्सिको सीमाबाट २ सय ५० किलोमिटर टाढा रहेको सान एन्टोनियो मानव तस्करहरूको लागि एक प्रमुख मार्गको रुपमा रहेको छ । 

मानव तस्करहरूले प्रायजसो गैरकानुनी आप्रवासीहरूलाई अमेरिका प्रवेश गर्न सफल भएपछि दुर्गम क्षेत्रहरूबाट ढुवानी गर्न लरीहरू प्रयोग गर्ने गरेको बताइन्छ । 
 


Author

थप समाचार
x