विश्व

इरानी र्‍यापरलाई मृत्युदण्डको सजाय

इकागज |
बैशाख १३, २०८१ बिहीबार १२:२४ बजे

काठमाडौँ - सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा एक इरानी र्‍यापरलाई मृत्युदण्डको सजाय सुनाइएको छ । उनको वकिलले यसको पुष्टि गरेका छन् ।

२०२२ सालमा महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि सुरु भएको आन्दोलनलाई तुमाज सालेहीले आफ्ना गीतमार्फत समर्थन गरेका थिए ।​


सालेहीका वकिलहरूमध्ये एक अमिर रायसियनका अनुसार  र्‍यापरले सजाय विरुद्ध अपील गर्नेछन्। यसबारे इरानी सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

सालेही पहिलो पटक सन् २०२२ को अक्टोबरमा पक्राउ परेका थिए । त्यसबेला सालेहीले प्रदर्शनको समर्थनमा सार्वजनिक वक्तव्य दिएका थिए । उनीमाथि धेरै आरोप लागेका थिए ।

जुलाई २०२३ मा उनलाई ६ वर्ष तीन महिनाको जेल सजाय सुनाइएको थियो।


 


Author

थप समाचार
x