विश्व

अमेरिकाले प्रतिबन्ध लगाएपनि चीनले प्राप्त गर्‍यो एनभिडियाको चिप्स

इकागज |
बैशाख ११, २०८१ मंगलबार १५:५१ बजे

काठमाडौँ- अमेरिकाले बिक्रीमा प्रतिबन्ध लगाएको एनभिडियाको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिप्स चीनले भने प्राप्त गर्न सफल भएको छ ।

अमेरिकी टेक्नोलोजी कम्पनी एनभिडियालाई गत वर्ष अमेरिकाले एआई चिप्स बेच्न रोक लगाएको थियो । तर कम्तिमा पनि १० वटा चिनियाँ कम्पनीले एनभिडियाको चिप्स प्राप्त गरेको रोयटर्सले जनाएको हो ।


सुपर माइक्रो कम्प्युटर इन्क, डेल टेक्नोलोजी इन्क र गिगाबाइट टेक्नोलोजी लिमिटेडले बनाएको 'सर्भर' मार्फत चिनियाँ कम्पनीहरुले एनभिडियाको चिप्स प्राप्त गर्न सफल भएका जनाइएको छ ।

ती सर्भरमा एनभिडियाले बनाएको सबैभन्दा 'एडभान्स्ड चिप्स' रहेको रोयटर्सले जनाएको छ ।


Author

थप समाचार
x