आफ्नो २० प्रतिशत भू-भाग रूसले कब्जा गरेको युक्रेनको दाबी
कीभ - रूसले २० प्रतिशत भूभाग कब्जा गरेको युक्रेनले दाबी गरेको छ । यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले आफ्नो कूल भूभागको २० प्रतिशत रूसले कब्जा गरेको दाबी गरेका हुन् ।
देशको पूर्वी सिमा क्षेत्रमा पृथकतावादीहरूले कब्जा गरिरहेकै ठाउँमा रूसले कब्जा गरेको उनको भनाइ छ ।
यूक्रेनमा लामो समयदेखि आन्दोलनरत पृथकतावादीहरूलाई पहिले पनि रुसको सहयोग र समर्थन रहेको यूक्रेनले आरोप लगाउदै आएको छ ।
लक्जम्बर्गमा सांसदहरूलाई सम्बोधन गर्दै यूक्रेनी राष्ट्रपति जेलेनेस्कीले आफ्नो भूमि रक्षाका लागि आफूहरू सधैँ संघर्ष गरिरहनु पर्ने बताए । उनले निराश नहुन र कुनै पनि हालतमा पछाडि नहट्न सबैलाई आग्रह गरे । रासस