विश्व

ब्राजिलमा भारी वर्षा र बाढीबाट ३७ को मृत्यु

इकागज | जेठ १५, २०७९

काठमाडौँ - भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर उत्तरी ब्राजिलमा कम्तीमा पनि ३७ जनाको ज्यान गएको छ । उत्तरी ब्राजिलको रेसिफ सहर र त्यस वरपरको भारी वर्षाले ती नागरिकको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् ।

ब्राजिलको उत्तर पश्चिमी प्रेनाम्बुकको राज्यमा शुक्रबारदेखि पानी परेको थियो । निरन्तरको वर्षाले शनिबारसम्म ३७ जनाको ज्यान गएको अधिकारीहरुले जानकारी गराएका हुन् ।

अलागोस राज्यमा वर्षाले गर्दा धेरै मानिस विस्थापित हुन पुगेका छन् । सो राज्यमा २ जनाको वर्षाका कारण ज्यान गएको बताइएको छ ।

रेसिफ सहरको नजिकै गएको पहिरोमा परेर शनिबार मात्र २० जनाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् । सो सहरमा वर्षा जारी नै रहेकाले सतर्कता अपनााउन भनिएको समाचारमा जनाइएको छ । (रासस) 

युक्रेनसँग सिधा र गम्भीर छलफल गर्न पुटिनलाई युरोपेली नेताको आग्रह

इकागज | जेठ १५, २०७९

काठमाडौँ – फ्रान्स र जर्मनीका नेताहरुले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनी राष्ट्रपतिसँग सि...