विश्व

असाममा बाढी–पहिरो : ५ सय परिवार रेलमार्गको ट्र्याकमा बस्न बाध्य

इकागज | जेठ ७, २०७९

असाम- भारतको असाममा बाढी र पहिरो पीडित ५ सयभन्दा बढी परिवार रेलमार्गको एउटा ट्र्याकमा बस्न बाध्य छन् । बाढीको पानीले नडुबेको जमुनामुख जिल्लाको एउटा गाउँका मानिसहरू ट्र्याकमा बस्न बाध्य भएका हुन् ।

हालै भीषण वर्षापछि आएको बाढी र पहिरोले उनीहरूको घर बगाएको थियो । बाढी सबै बगाइदिएपछि चङ्गजुराई र पाटिया पथर गाउँका मानिस अलपत्र परेका भारतीय सञ्चार माध्यमले जनाएका छन् । त्रिपालमुनि अस्थायी आवासमा शरण लिएका स्थानीय विगत पाँच दिनदेखि प्रदेश सरकार र जिल्ला प्रशासनबाट खासै सहयोग नपाएको गुनासो गरेका छन् ।

बाढीका कारण २७ जिल्लाका ६० लाखभन्दा मानिस प्रभावित छन् । प्रिमनसुनमा वर्षापछि आएको बाढीबाट हजारौँ मानिस विस्थापित छन् । बाढीबाट सबैभन्दा बढी पूर्वी होजाइ र काचर जिल्लाका दुई लाख भन्दाबढी प्रभावित भएका छन् । बाढीमा ज्यान गुमाएका पीडितका परिवारलाई सरकारले जनही ४ लाख दिने यसअघि नै घोषणा गरिसकेको छ । एजेन्सी 

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा माल्दिभ्सका पूर्व राष्ट्रपतिलाई विशेष जिम्मेवारी प्रदान

इकागज | जेठ ६, २०७९

काठमाडौँ- श्रीलङ्काकाली प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले माल्दिभ्सका पूर्व राष्ट्रपति तथा सभामुख मोहम्मद नाश...

दोस्रो विश्व युद्धको समयमा चोरी भएको सुनको औंँठी ग्रीसलाई फिर्ता

इकागज | जेठ ६, २०७९

काठमाडौँ- नोबेल फाउण्डेसन, स्वीडेनले दोस्रो विश्वयुद्धका समयमा ग्रीसको रोड्स टापुबाट चोरी भएको पुरातन मह...

श्रीलङ्कामा मन्त्रिमण्डल विस्तार, अर्थमन्त्रीको अझै टुङ्गो लागेन

इकागज | जेठ ६, २०७९

काठमाडौँ - आर्थिक सङ्कटको सामना गरिरहेको श्रीलङ्कामा सङ्कटबाट मुक्त गराउने जिम्मेवारी पाएको ‘सर्वदल...

आर्थिक संकटका कारण पाकिस्तानले लगायो अत्यावश्यकबाहेकका वस्तुहरू आयातमा रोक

इकागज | जेठ ६, २०७९

इस्लामावाद- पाकिस्तानले अति आवश्यकबाहेकका तथा विलासिताका सामान आयातमा रोक लगाएको छ । पाकिस्तान सरकारल...