विश्व

दक्षिण कोरियामा कोरोना संक्रमण घट्दै

इकागज | जेठ ६, २०७९

सोल- दक्षिण कोरियामा कोरोना भाइरसका संक्रमितहरु थोरै संख्यामा घट्दै गएको देखिएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घण्टाको समयाअवधीमा यहाँ २५ हजार जनामा यसको संक्रमण भएको देखिएको छ ।

यहाँ यसअघि दैनिक लाखौँ जना कोरोनाका संक्रमित देखिएकामा पछिल्ला केही हप्तायता भने घट्दै गएको पाइएको हो ।यहाँ बिहीबार २५ हजार १३५ जनामा संक्रमण देखिएको पाइएको छ । यहाँ अघिल्लो दिनका तुलनामा संक्रमितहरु घटेका हुन् ।

बुधबार मात्र यहाँ २८ हजार भन्दा बढी संक्रमित भेटिएका थिए । त्यस्तै यस हप्ताको सुरुमा ३२ हजार जना भन्दा बढी संक्रमित भेटिएका थिए ।दक्षिण कोरियाका अधिकारीहरुले पहिलेका तुलनामा पछिल्ला दिनहरुमा यहाँ संक्रमितको संख्या थोरै भए पनि घट्दै गएको पाइएको बताएका छन् ।

यसैसँगै कूल संक्रमितको संख्या १ करोड ७९ लाखभन्दा बढी पुगेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । यहाँ अस्पताल भर्ना हुनेको संख्या भने न्यून छ । त्यस्तै कोरोना भाइरसको संक्रमणका कारण हुने मृत्यु दर पनि यहाँ कम रहेको छ । (सिन्ह्वा)

श्रीलंकाका नयाँ प्रधानमन्त्रीले भने, ‘आगामी दुई महिना सबैभन्दा कठिन’

इकागज | जेठ ३, २०७९

काठमाडौँ– श्रीलंकाका नवनियुक्त प्रधानमन्त्री रणिल विक्रमासिंघेले देशको विद्यमान आर्थिक अवस्थाबारे जा...

फिनल्याण्ड र स्वीडेनको नेटो सैन्य गठबन्धनमा सामेल हुने निर्णय गम्भीर गल्ती : रुस

इकागज | जेठ २, २०७९

मस्को- रुसले सोमबार चेतावनी दिदै फिनल्याण्ड र स्वीडेनको नेटो सैन्य गठबन्धनमा सामेल हुने निर्णयहरू गम्भीर ...