विश्व

फिलिपिन्समा बाढी पहिरोमा परी १६७ को मृत्यु, ११० अझै बेपत्ता

इकागज | बैशाख ३, २०७९

मनिला - फिलिपिन्समा मेगी आँधीका कारण आएको पहिरो र बाढीमा परी मृत्यु भएकाहरूको सङ्ख्या शनिबारसम्म १६७ पुगेको छ । 

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार अरु ११० जना अझै पनि बेपत्ता नै रहेका छन् । उनीहरूको तिव्र रुपमा खोजी भइरहेको पनि अधिकारीहरूले जनाएका छन् । 

ठूलो सङ्ख्यामा सुरक्षाकर्मी, उद्धारकर्ता, स्वयम्‌सेवकहरू र स्थानीय बासिन्दा परिचालन गरेर खोजी कार्य भइरहेपनि उनीहरू जीवित पाइने आशा क्षीण रहेको जनाइएको छ । मेगीबाट सबैभन्दा प्रभावित लेटेको मध्य प्रान्तमा विनाशकारी पहिरोले खेती र माछा मार्ने समुदायका थुप्रै घरहरू भत्काएको छ । 

यस वर्ष फिलिपिन्समा शक्तिशाली आँधीले केही दिनमा हजारौँलाई विस्थापित गरेको छ भने ठूलो जनधनको क्षति भएको छ ।

प्रकोपले ग्रस्त यस क्षेत्रलाई सन् २०१३ मा ‘सुपर टाइफून हाइयान’ ले प्रत्यक्ष प्रभावित पारेसँगै यहाँ हरेक वर्ष आँधीले तहसनहस पारेको छ । जलवायु परिवर्तनको कारण विश्वव्यापी तापमान वृद्धि हुँदै गएपछि वैज्ञानिकहरूले यहाँ अझ शक्तिशाली आँधी आउने चेतावनी दिएका छन् ।

अबियोग नगरपालिकाका विपत् व्यवस्थापन कर्मचारीले मङ्गलबार गएको पहिरोले बगाएको पिलारको तटीय गाउँबाट शुक्रबार पनि दर्जनौँ शवहरू पुरिएको अवस्थाबाट निकालेका  बताइएको छ । 

घटनास्थलमा राष्ट्रपति रोड्रिगो डुटेर्टेले पनि स्थलगत अवलोकन गरेका छन् । उनले खोजी तथा उद्धार कार्यमा कुनै कसर बाँकी नराख्न निर्देशन दिँदै पीडितहरूलाई उचित राहत तथा क्षतिपुर्तिको व्यवस्था गरिने प्रतिबद्धता जनाए ।

पञ्जाबमा प्रत्येक घरमा ३०० युनिट बिजुली निःशुल्क दिने आम आदमी सरकारको घोषणा

इकागज | बैशाख ३, २०७९

पन्जाब- पञ्जाबमा आम आदमी पार्टी (आप)को सरकारले हरेक घरमा ३०० युनिट  बिजुली निःशुल्क दिने घोषणा ग...