विश्व

जिम्बावेमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु

इकागज | बैशाख २, २०७९

एजेन्सी – सवारी दुर्घटनामा परी जिम्बाब्वेमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । 

देशको जिओन क्रिश्चियन चर्चका सदस्यहरु चढेको सवारी साधन शुक्रबार दुर्घटना भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।  

जिम्बाब्वेको दक्षिणपूर्वी क्षेत्रमा पर्ने चिपिङ भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा परी अन्य ४० जना गम्भीर घाइते भएका बताइएको छ । 

घाइतेमध्ये केहीको अवस्था अत्यन्त चिन्ताजनक रहेकाले मृतकहरूको सङ्ख्या बढ्न सक्ने चिकित्सकहरूले बताएका छन् ।

अमेरिकी राष्ट्रपति बाइडनले युक्रेन भ्रमण नगर्ने : ह्वाइट हाउस

इकागज | बैशाख २, २०७९

वासिङ्टन [अमेरिका]- अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेन भ्रमण नगर्ने ह्वाइट हाउसका प्रेस सचिव जेन साकील...