विश्व

हङ्गेरीमा सांसद चयनका लागि मतदान

इकागज | चैत २०, २०७८

बुडापेष्ट - हङ्गेरीमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान भएको छ ।

आइतबार भएको निर्वाचनबाट १९९ सिटका लागि सांसदहरू निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनले प्रधानमन्त्री भिक्टर अर्वानको भविश्वको पनि फैसला गर्ने भएको छ । देशभरी मतदान अधिकार पाएकाहरूको सङ्ख्या ७० लाख ८० हजार रहेको छ ।

निर्वाचनका लागि देशभरी १० हजार मतदान केन्द्रहरू तय गरिएको आयोगले जनाएको छ ।  

स्थानीय समय अनुसार बिहान ६ बजेदेखि सुरु भएको मतदान बेलुका ७ बजेसम्म चल्ने भएको छ ।

निर्वाचनको नतिजा आइतबार राती नै आउने अपेक्षा गरिएको छ । वर्तमान राष्ट्रपति अर्वानकै पार्टी फिडेज पार्टीले थोरै मतान्तरले जित हासिल गर्ने अनुमान गरिएको छ ।  

सन् १९९८ देश शक्तिमा आउनु भएका ५८ वर्षीया प्रधानमन्त्री अर्वानले सुरुमा सन् २००२ सम्म शासन गरेकी थिइन् । त्यसपछि सन् २०१० मा फेरि शक्तिमा आउनु भएको थियो।

आइतबार भएको निर्वाचनमा पनि उनको पार्टीले बहुमत हासिल गरेमा उनी पाँचौ पटक देशको प्रधानमन्त्री बनेछिन् ।

यसअघि सन् २०१८ मा भएको निर्वाचनमा उहाँले गठबन्धनले १३३ सिटमा जित हासिल गरेको थियो ।

पाकिस्तानी राष्ट्रपतिद्वारा संसद् विघटन, ९० दिन भित्र निर्वाचन हुने

इकागज | चैत २०, २०७८

इस्लामावाद – पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले संसद विघटनको प्रस्ताव सदर गरेका छन् । प्रधानमन्त्री इ...

प्रधानमन्त्री इमरान खानविरुद्ध स‍ंसदमा पेस भएको अविस्वासको प्रस्ताव खारेज

इकागज | चैत २०, २०७८

इस्लामाबाद - पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव खारेज भएको छ ।...

पाक प्रधानमन्त्री खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि आज मतदान

इकागज | चैत २०, २०७८

इस्लामावाद -  पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि...