विश्व

युद्धविरोधी प्लेकार्ड देखाउने टेलिभिजन सम्पादकलाई २८० डलर जरिमाना

इकागज | चैत २, २०७८

किभ - युक्रेनमा राष्ट्रपति पुटिनको सैन्य कारबाहीको विरोध गर्ने रुसी टिभी सम्पादकलाई अदालतले   २८० डलर जरिमाना सुनाएको छ । टेलिभिजन सम्पादक म्यारिना ओभस्याननिकोभाले टेलिभिजनमा समाचार प्रसारण भइरहेका बेला समाचार बाचिकाको पछाडि उभिएर  ‘युद्ध होइन’ लेखिएको प्लेकार्ड देखाएकी थिइन् ।

सो समाचार क्लिप विश्वभर भाइरल भएको थियो । युक्रेनी मूलकी उनले बोकेको प्लेकार्डमा लेखिएको थियो, ‘युद्ध होइन । युद्ध रोक । प्रोपोगान्डामा विश्वास नगर । तपाईलाई उनीहरुले यहाँ ढाँटेका छन् ।’  

ओभस्याननिकोभाले अदालतसामू आफू दोषी नभएको बताइन । उनले अदालतअगाडि भनिन्, ‘म अझै पनि विश्वस्त छु की रुसले अपराध गरिरहेको छ ।’ रुसी अधिकारीहरुले आफूलाई १४ घन्टासम्म सोधपुछ गरेको उनले बताइन् । 

युद्धमा साढे १३ हजार बढी रूसी सेनाको मृत्यु भएको यूक्रेनको परराष्ट्र मन्त्रालयको दावी

इकागज | चैत १, २०७८

कीभ - रूसी सशस्त्र फौजले यूक्रेनविरुद्ध युद्ध सुरु गरेदेखि ४०४ रूसी ट्याङ्कर ध्वस्त गरेको र १३,५०० भन्दा बढ...

समाचार प्रसारण हुँदा हुँदै जब रुसी टेलिभिजकी कर्मचारीले युद्धविरोधी प्लेकार्ड देखाइन्.....

इकागज | चैत १, २०७८

मस्को - रुसको सरकारी टेलिभिजनमा समाचार प्रसारण भइरहँदा टेलिभिजनकी एक कर्मचारीले युद्धविरोधी प्लेकार्ड द...

युक्रेनमा अघि बढ्ने रुसी प्रयास रोकिएको अमेरिकी रक्षा मन्त्रालयको दाबी

इकागज | चैत १, २०७८

युक्रेनमा अघि बढ्ने रुसी प्रयास केही दिन देखि रोकिएको दाबी गरिएको छ । युक्रेनी सहरहरूले बहादुरीपूर्वक ...