विश्व

रुसी हमलामा आवासीय भवनमा ठूलो क्षति : म्याक्स टेक्नोलोजी

इकागज | फागुन २९, २०७८

किभ- युक्रेनको दक्षिणी सहर मारिओपोलमा नागरिक पूर्वाधारहरु र आवासीय भवनहरुमा अत्यधिक क्षति भएको पछिल्लो स्याटलाईट तस्विरहरुले देखाएको छ । कृष्ण सागर बन्दरगाह सहरको पश्चिमा खण्डमा आगो देखिएको हाइ रिजोलुसन तस्विरहरुले देखाएको छ । 

अमेरिकी निजी कम्पनी म्याक्सर टेक्नोलोजीले सार्वजनिक गरेको तस्विरमा दर्जनौं क्षतिग्रस्त अग्ला अपार्टमेन्ट देख्न सकिन्छ । युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले आफ्नो देशमा आक्रमण गर्ने रुसी सेनाले मारिउपोललाई घेरेको भए पनि युक्रेन अझै पनि आफूहरुकै नियन्त्रणमा रहेको बताए ।

डक्टरर्स वीदआउट बोडर्सका अनुसार मारिओपोलको अवस्था निराशजनक छ । त्यहाँ पानी र तापको अभाव छ भने खाद्य आपूर्ति घटिरहेको छ । ‘लाखौं मानिसहरु..सबै उदेश्य र अभिप्रायका लागि घेरिएका छन्,’ मेडिकल च्यारिटीको युक्रेन सञ्चालनको   नेतृत्व गर्नेहरूमध्ये स्टेफेन कोरनिस भन्छन् ।  

२४फेब्रुवरीदेखि युक्रेनमा गरेको रुसी हमला र १२ दिने नाकाबन्दीका कारण मारिओपोलमा कम्तीमा १५८२ सर्बसाधारण मारिएका त्यहाँको सिटी काउन्सिलले जनाएको छ । एजेन्सी

उत्तर, पश्चिम र उत्तरपूर्वबाट घेरा हाल्दै किभनजिकै पुग्यो रुसी फौज

इकागज | फागुन २९, २०७८

किभ- रुसी फौज युक्रेनको राजधानी किभनजिकै पुगेको छ । उत्तर, पश्चिम र उत्तरपूर्वबाट घेरा हाल्दै रुसी फौज ...

शनिबार १३ हजार युक्रेनीलाई मानवीय करिडोरमार्फत निकालियो : उपप्रधानमन्त्री

इकागज | फागुन २९, २०७८

शनिबार लगभग १३ हजार युक्रेनीहरूलाई मानवीय कोरिडोर मार्फत निकालिएको छ । शुक्रबार छोड्न सफल भएका संख्याक...

दक्षिणपूर्वी कङ्गोमा रेल दुर्घटना हुँदा ६० व्यक्तिको मृत्यु

इकागज | फागुन २८, २०७८

एजेन्सी - प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) को दक्षिणपूर्वी क्षेत्रमा एउटा मालवाहक रेल दुर्घटनाग्रस्त हुँद...