विश्व

जापानमा भूकम्पः दुई जनाको मृत्यु, २० लाख मानिस अन्धकारमा

इकागज | चैत ३, २०७८

टोकियो - जापानमा बुधबार साँझ गएको शक्तिशाली भूकम्पमा दुई जनाको मृत्यु भएको छ । भूकम्पमा दर्जनौँ मानिस घाइते भएका छन् । पूर्वी जापानमा ७ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको थियो । 

भूकम्पले पुयाएको जनधनको क्षतिको पूर्णविवरण विवरण आइनसकेको प्राप्त समाचारमा जनाइएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । भूकम्पपछि बुधबार रातभर र बिहीबार बिहान पनि निरन्तर परकम्पनहरु आइरहेका छन् । भूकम्पको असर राजधानी टोकियोमा पनि देखिएको प्राप्त विवरणहरुमा जनाइएको छ । भूकम्प प्रभावित क्षेत्रमा विद्युतीय सेवा अबरुद्ध छ । 

रूस यूक्रेन युद्धले तेलको मूल्य वृद्धि, बेलायती प्रधानमन्त्रीले साउदी र युएईका नेतासँग भेट्ने

इकागज | चैत २, २०७८

काठमाडौँ - बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बुधबार खाडी मुलुकको उच्च नेतृत्वसँग छलफल गरी इन्धन बजारल...

जेलेन्सकीलाई भेट्न युरोपेली नेताहरू पोल्याण्डदेखि किभसम्म रेलमा

इकागज | चैत २, २०७८

रुसी आक्रमण चर्किएसँगै युक्रेनको साथमा उभिनका लागि पोल्याण्डदेखि किभसम्म लामो खतरनाक रेल यात्रा गरेर पुग...