विश्व

चीनको जिलिनमा सहरमा तीन दिन लकडाउन

इकागज | चैत ८, २०७८

बेइजिङ - चीनले देशको उत्तरपूर्वमा लाखौँ मानिसहरूलाई घरमै बस्न आदेश दिएको छ । कोभिड–१९ का घटनामा फेरि वृद्धिसँगै सरकारले सर्वसाधारणलाई यस्तो आदेश दिएको हो ।

लक्षित क्षेत्रमा तालाबन्दी, सामूहिक परीक्षण र यात्रा प्रतिबन्ध जस्ता तरिका अप्नाएर सन् २०२० को सुरुमा चीन सरकारले कोभिडलाई नियन्त्रणमा राख्न सफल भएको थियो । तर, पछिल्लो समयमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रेनका कारण संक्रमण फैलिएको छ ।

जिलिन प्रान्तको दोस्रो ठूलो सहर जिलिनमा सोमबार रातिदेखि तीन दिन लकडाउन घोषणा गरिएको छ । जिलिनमा ४५ लाख मानिस बसोबास गर्छन् ।

पछिल्लो २४ घन्टामा चीनमा  ४ हजार भन्दाबढी कोभिडका नयाँ संक्रमित भेटिएका थिए ।

युक्रेनका राष्‍ट्रपति जेलेन्स्कीको चेतावनी- रुससँग वार्ता विफल भयो भने तेस्रो विश्वयुद्ध

इकागज | चैत ७, २०७८

किभ - युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण अन्त्यका लागि भइरहका वार्ता विफल भएमा त...