विश्व

चीनद्वारा श्रीलङ्कालाई दुई हजार टन चामल सहयोग

इकागज | चैत १२, २०७८

कोलम्बो - चीनले गम्भीर आर्थिक सङ्कटमा परेको श्रीलङ्कालाई आपतकालीन सहयोग स्वरुप दुई हजार टन चामल उपलब्ध गराएको छ ।  

कोलम्बोस्थित चिनियाँ दूतावासले शुक्रबार वक्तव्य जारी गर्दै छिमेकी मुलुकको आधारभूत जिम्मेबारी स्वरुप दुई हजार टन चामल उपलब्ध गराइएको जनाएको हो ।

चीनले श्रीलङ्कालाई उपलब्ध गराएको चामलको मूल्य झण्डै २५ लाख अमेरिकी डलर पर्ने पनि वक्तव्यमा उल्लेख गरिएको छ ।

मुलुकमा आर्थिक संकट उत्पन्न भएपछि विद्यार्थीको परीक्षाका लागि कागज किन्न समेत नसकेको श्रीलङ्काले सहयोगका लागि सबैलाई अनुरोध गरेको थियो ।

श्रीलङ्काको आग्रहकै आधारमा सहयोग उपलब्ध गराइएको पनि चिनियाँ दूतावासद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

कोरोनाभाइरसको महामारी र त्यसपछिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न परिस्थितिका कारण श्रीलङ्का सङ्कटमा परेको श्रीलङ्काली अधिकारीहरूले दावी गरेका छन् ।

चीन र श्रीलङ्का बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औँ वार्षिकोत्सव चलिरहेकाले दुई देशको सम्बन्ध निकै पुरानो भएकाले पनि चीनले सहयोग गर्ने दूतावासको भनाई छ ।

चीनले श्रीलङ्कालाई आफ्नो क्षमता अनुसार आर्थिक तथा सामाजिक विकासका लागि अन्य सहयोग पनि निरन्तर गर्ने जनाएको छ । 

अफगानिस्तानमा छात्राका लागि विद्यालय खुला गर्न माग गर्दै प्रदर्शन

इकागज | चैत १२, २०७८

काबुल - अफगानिस्तानमा छात्रालाई पनि विद्यालयमा अध्ययन अध्यापनको व्यवस्था गर्नुपर्ने माग गर्दै प्रदर्शन गरिएको...

चिनियाँ प्रधानमन्त्री सी र बेलायती प्रधानमन्त्री जोनसनबीच फोनवार्ता

इकागज | चैत १२, २०७८

बेइजिङ- चीनका राष्ट्रपति सी चिनफिङले बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग शुक्रबार अपराह्न फोनवार्ता गरेक...

रासायनिक हतियार प्रयोग नगर्ने ह्वाइट हाउसका सुरक्षा सल्लाहकारको दाबी

इकागज | चैत १२, २०७८

अबोर्ड फोर्स वन- संयुक्त राज्य अमेरिकाले कुनै पनि परिस्थितिमा रासायनिक हतियार प्रयोग नगर्ने बताएको छ । ...