विश्व

आर्थिक संकट : श्रीलंकामा अस्पतालले रोक्यो शल्यक्रिया सेवा

इकागज | चैत १६, २०७८

कोलम्बो - स्वास्थ्य सुविधाको अभावमा श्रीलंकाको एउटा अस्पतालले शल्यक्रिया रोकेको छ । स्वास्थ्य सुविधा अभाव भएपछि क्यान्डीको पेराडेनिया अस्पतालमा शल्यक्रिया रोकिएको हो । अस्पतालले एक परिपत्र जारी गर्दै शल्यक्रिया रोक्नुको कारण उल्लेख गरेको छ ।

‘हाम्रो अस्पतालमा एनेस्थेसिया र शल्यक्रियाका लागि प्रयोग हुने धेरै औषधि र उपभोग्य वस्तुको अभाव छ । भर्ना भएका बिरामीको शल्यक्रियालगायतका सबै नियमित शल्यक्रियाहरू स्थगित गर्ने निर्णय भएको छ’, सोमबार अस्पतालले जारी गरेको परिपत्रमा भनिएको छ ।

अस्पतालका निर्देशकले औषधिको अभाव देखाउँदै सबै नियमित शल्यक्रियाहरू अस्थायी रूपमा रोकेको बताएका छन् ।

अस्पतालामा स्वास्थ्य सुविधाको अभावपछि भारतीय विदेशमन्त्री एस जयशंकरले मंगलबार श्रीलंकास्थित भारतीय कमिसनारलाई सो अस्पताललाई सहयोग गर्न अनुरोध गरेका छन् । जयशंकरले भारतीय उच्चायुक्त गोपाल बागलेलाई भारतले श्रीलंकालाई गर्न सक्ने सहयोगका उपायबारे छलफल गर्न आग्रह गरेका हुन् । 
 

 

दिल्लीको बजेट भारतको पहिलो ‘रोजगार बजेट’ केजरीवालको दावी

इकागज | चैत १५, २०७८

नयाँ दिल्ली - दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मङ्गलबार रोजगारीलाई केन्द्रविन्दुरुपमा राख्दा दिल्लीको...

एकैवर्ष ६७ राष्ट्रले ल्याए स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउने नयाँ कानुन

इकागज | चैत १५, २०७८

काठमाडौं – विश्वमा एकै वर्ष ६७ राष्ट्रले विभिन्न स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउने नयाँ कानुन ल्याएको प...

युक्रेन र रुसबीच नयाँ चरणको शान्ति वार्ता हुँदै, दुवै देशका प्रतिनिधि इस्तानवुलमा

इकागज | चैत १५, २०७८

काठमाडौँ - रुस र युक्रेनका प्रतिनिधिमण्डल वार्ताका लागि टर्कीको इस्तानवुल पुगेका छन् । युक्रेनम...

रुसी सेनाले युक्रेनी महिलामाथि बलात्कार र यौन दुर्व्यवहार गरेको आरोप

इकागज | चैत १५, २०७८

किभ- युरोप काउन्सिलको संसदीय सभामा युक्रेनको प्रतिनिधिमण्डलकी प्रमुख मारिया मेजेन्तसेवाले रुसी सेनाले म...