मध्य तथा पश्चिम भारतमा आगामी केही दिन थप गर्मी हुने
नयाँ दिल्ली – देशभरको कडा र चर्को तापको लहरकाबीच भारतीय मौसम विज्ञान विभागले बुधबार आगामी ४ दिनसम्म मध्य र पश्चिम भारतमा तातो हावा (लू) को कारण सामान्य जनजीवन प्रभावित बन्नसक्ने बताएको छ ।
विभागले आगामी दिनमा राष्ट्रिय राजधानीको तापक्रम ४० डिग्री सेल्सियससम्म बढ्न सक्ने उल्लेख गरेको छ ।
भारतीय मौसम विज्ञान विभागका अधिकारी आरके जेनामानीले भने, “तापक्रम ३९देखि ४० डिग्रीसम्म बढ्न सक्ने देखिएको छ । उक्त क्षेत्रमा लूका कारण सामान्य जनजीवन प्रभावित भएको र धेरै मानिसहरू गर्मीका कारण दिउसोको समय घर बाहिर निस्कन कठीन भइरहेको छ । दिल्लीको तापक्रम बुधबार वा बिहीबारसम्म जारी रहनेछ ।”
दिल्लीमा अप्रिल १ देखि तापक्रममा अलिकति गिरावट आएपनि गर्मी मौसमका कारण केही दिनमा फेरि तापक्रम उच्च बन्ने उनले बताए ।
बङ्गालको खाडीदेखि उत्तरपूर्वी राज्यहरूमा निम्न ‘ट्रोपोस्फेरिक’ तहमा शक्तिशाली दक्षिण–पश्चिमी वायुको प्रभावमा मार्च ३१ देखि अप्रिल ३ को बीच अरुणाचल प्रदेश, असम–मेघालयमाथि पृथक भारी वर्षा हुने पूर्वानुमान पनि गरिएको छ ।