विश्व

४ सय जना आश्रय लिएको विद्यालयमा रुसकाे बमबारी

इकागज | चैत ६, २०७८

काठमाडाै‌ँ–रुसी फौजले युक्रेनी बन्दरगाह सहर मारिउपोलमा रहेको एउटा कला विद्यालयमा बमबारी गरेको छ । विद्यालयमा ४०० जनाले आश्रय लिएका थिए । 

हमलापछि भएको मानवीय क्षतिको विवरण सार्वजनिक भएको छैन् । भवन क्षतिग्रस्त भएको र भग्नावशेषमा मानिसहरु पुरिएको जनाइएको छ । 

यसअघि दक्षिणी सहर माइकोलिभ सहरमा रुसी फौजले युक्रेनको एउटा सैन्य ब्यारेकमा गरेको हमलामा दर्जनौँ सेना मारिएको जनाइएको थियो । सो क्षेत्रमा उद्दार कार्य जारी छ । 

युक्रेन युद्धले  उर्जा, खाद्यन्न, मुद्रास्फीति तथा गरिबीमा ठूलो आर्थिक परिणाम ल्याउने  युरोपियन बैंक फर रिकन्स्ट्रक्सन एन्ड डेभलपमेन्टले जनाएको छ ।

 

बेलायती प्रधानमन्त्रीले जेलेन्स्कीलाई बेलायतमा शरण प्रस्ताव गर्ने

इकागज | चैत ६, २०७८

काठमाडौँ - बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा जारी रुसको विशेष सैन्य कारबाहीका बीचमा राष्ट्र...

रुसी व्यापारीमाथि लगाइएको प्रतिबन्ध फुकुवा नहुने- बेलायती विदेशीमन्त्री

इकागज | चैत ५, २०७८

काठमाडौँ - बेलायतका विदेशमन्त्री लिज ट्रसले युक्रेनमा सैन्य कारबाहीलाई लिएर रुसी व्यापारीहरूमाथि लगाइएक...