विश्व

शपथ समारोहमा सहभागी भए पुटिनलाई पक्राउ गर्न आग्रह

इकागज | साउन २५, २०८१

मेक्सिको सिटी- मेक्सिकोस्थित युक्रेनी दूतावासले रूसी नेता भ्लादिमिर पुटिनलाई नवनिर्वाचित राष्ट्रपति क्लाउडिया शेनबामको शपथग्रहण समारोहमा सहभागी भए पक्राउ गर्न मेक्सिको सरकारसँग आग्रह गरेको छ ।

पुटिनलाई ‘युद्ध अपराध’ मा संलग्न रूसी नेताको रूपमा संज्ञा दिँदै आएको किएभको प्रतिनिधिमण्डलले अक्टोबर १ मा हुने शपथग्रहण समारोहमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई निमन्त्रणा दिएकोमा मेक्सिकोलाई पनि धन्यवाद दिएको छ ।

युक्रेनी दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामीलाई विश्वास छ, मेक्सिको सरकारले कुनै पनि अवस्थामा अन्तर्राष्ट्रिय पक्राउ पूर्जीको पालना गर्नेछ र पुटिनलाई हेगस्थित संयुक्त राष्ट्रसङ्घको न्यायिक निकायलाई हस्तान्तरण गर्नेछ ।

मार्च २०२३ मा, अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले सन् २०२२ को सुरुमा मस्कोको आक्रमणपछि युक्रेनी बालबालिकालाई जबर्जस्ती रूसमा निर्वासित गरेको विषयमा युद्ध अपराधको आरोपमा पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

शेनबामका विदेशमन्त्री जुआन रामोन डे ला फुएन्टेले मेक्सिकोसँग कूटनीतिक सम्बन्ध भएका हरेक देशका नेतालाई उद्घाटन समारोहमा आमन्त्रण गर्नु ‘मानक प्रोटोकल’ भएको बताएका छन् ।

मेक्सिकोको पहिलो महिला राष्ट्रपति बन्न लागेकी शेनबामले गत जुन २ मा भएको आम निर्वाचनमा ऐतिहासिक जित हासिल गरेका थिए । उनलाई बधाई दिने विश्वका नेताहरूको पङ्तीमा प्टिन र जेलेन्स्की पनि रहेका छन् । 
(एएफपी) :

पूर्वप्रधानमन्त्री हसिनाकी छोरीद्वारा दुःख व्यक्त, भनिन् : यो कठिन समयमा मेरी आमाको साथमा हुन सकिनँ

इकागज | साउन २४, २०८१

नयाँदिल्ली- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदले देशको कठिन समयमा आफ्नी आम...

ह्यारिसको निर्वाचन अभियानले ट्रम्पकोे ‘भीड अभियान’ लाई माथ गर्दै

इकागज | साउन २४, २०८१

काठमाडौँ - फिलाडेल्फियामा आफ्ना मनपर्ने अमेरिकी राष्ट्रपतिका उम्मेदवार तथा उपराष्ट्रपति कमला ह्यारिसक...

बंगलादेशमा रहेका सयौँ हिन्दु सुरक्षाको कारण देखाउँदै भारतीय सीमामा

इकागज | साउन २४, २०८१

ढाका - विद्यार्थी नेतृत्वको विद्रोहले प्रधानमन्त्री शेख हसिनालाई सत्ताबाट अपदस्थ गरेको केही दिनपछि सुरक्षाक...

पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको निधन

इकागज | साउन २४, २०८१

काठमाडौँ- पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको निधन भएको छ । बुद्धदेव भट्टाचार्यको ८० व...