विश्व

ब्राजिलमा विमान दुर्घटना, ६१ जनाको मृत्यु

इकागज | साउन २६, २०८१

काठमाडौँ- ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना हुँदा विमानमा सवार ६१ जनाको मृत्यु भएको छ । पाराना राज्यको कासकाभेलबाट साओ पाओलोको गुआरुलहोस विमान स्थलका लागि उडेको विमान भिन्हेडोमा दुर्घटनाग्रस्त भएको हो ।

एटीआर ७२-५०० विमानमा ५७ यात्रु तथा ४ जना चालक दलका सदस्य रहेका थिए । सामाजिक सञ्जालमा सार्वजनिक फुटेजमा विमान ठाडो रूपमा तल झरेको देखिएको छ ।

साओ पाउलो राज्यका गभर्नर टार्सिसियो गोम्स डे फ्रेटासले तीन दिनको शोकको घोषणा गरेको बीबीसीले जनाएको छ ।

बंगलादेशमा हिन्दू लगायत अल्पसंख्यकको सुरक्षाका लागि मोदी सरकारको नयाँ कदम के छ ?

इकागज | साउन २५, २०८१

काठमाडौँ - बंगलादेशमा जारी अवस्थाको अनुगमन गर्न भारत सरकारले समिति गठन गर्ने निर्णय भएको छ । समि...

सैन्य बेस राख्ने अमेरिकी चाहनामा हसिनाको थियो असहमति, सत्ताच्यूत हुनुमा अमेरिकाको हात छ ?

इकागज | साउन २५, २०८१

काठमाडौँ- यो सन्‌ २०२३ अप्रिलको कुरा हो । शेख हसिनाले बंगलादेशको संसद्‌मा भाषण गर्दै भन...