विश्व

बंगलादेशको अन्तरिम सरकारलाई राष्ट्रसंघको स्वागत

इकागज | साउन २९, २०८१

ढाका - संयुक्त राष्ट्र संघले बंगलादेशको अन्तरिम सरकारको स्वागत गरेको छ  ।

राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बंगलादेशमा अन्तरिम सरकारको समर्थन गर्दै शान्ति पुनःस्थापना र संसदीय चुनाव आयोजना गर्ने प्रयासको स्वागत गरेको ढाका टि्ब्युनले लेखेकाे छ ।

महासचिवका उपप्रवक्ता फरहान हकका अनुसार अन्तरिम सरकारले तत्कालै निर्वाचन प्रक्रियामार्फत राजनीतिक दललाई सत्ता हस्तान्तरण गर्नेमा राष्ट्र संघ विश्वस्त छ । 

‘आगामी हप्ताहरूमा अन्तरिम सरकारलाई महिला, युवा, र देशभरका जनताका साथै अल्पसंख्यक र आदिवासी समुदायको आवाजलाई ध्यानमा राखी समावेशी हुने सबै प्रयास जारी राख्न आग्रह गर्दछ। देश संसदीय निर्वाचनतर्फ अघि बढेको छ,’ हकले मुख्यालय, न्यूयोर्कमा दैनिक ब्रिफिङमा भनेका छन् ।

‘महासचिव बंगलादेशका जनतासँग पूर्ण ऐक्यबद्धतामा उभिनु भएको छ र उनीहरूको मानवअधिकारको पूर्ण सम्मानको लागि आह्वान गर्दछौं, महासचिवले हिंसाका सबै कार्यहरूमा पूर्ण, स्वतन्त्र, निष्पक्ष र पारदर्शी अनुसन्धानको आवश्यकतालाई जोड दिनु भएको छ,’ उनले भने ।

आन्दोलनका बीच प्रधानमन्त्री शेख हसिनाले अगस्ट ५ मा राजीनामा दिएपछि मोहम्मद युनुसको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन भएको थियो ।

ट्रम्पले भने, ‘कमलाले बढी भीड देखाउन एआईकाे सहारा लिइन्’

इकागज | साउन २९, २०८१

काठमाडौँ - रिपब्लिकन पार्टीका राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले सोमबार उपराष्ट्रपति कमला ह्यारिसको ...

ट्रम्प र बाइडेन बहस ५१ लाखले हेर्दा, मस्क र ट्रम्पको वार्ता सुन्ने जम्मा १.३ लाख मात्रै

इकागज | साउन २९, २०८१

वासिंगटन डिसी - यतिखेर एक्सका मालिक एलन मस्क र अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पबीच एक्स स्पेशमा अन्तर्...

ग्रीसको जंगलमा आगलागी, राजधानी एथेन्सतर्फ तीव्र रुपमा बढ्दै

इकागज | साउन २९, २०८१

काठमाडौँ - एथेन्सको उत्तरपूर्वी उपनगरहरूमा सोमबार ठूलो जङ्गलमा लागेको आगोलाई निभाउन अग्निनियन्त्रकहरूले ...

रुसी क्षेत्रमा प्रवेश गर्ने युक्रेनी सेनालाई हटाउन पुटिनले दिए आदेश

इकागज | साउन २९, २०८१

मस्को - राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार रुसी क्षेत्रमा प्रवेश गर्ने युक्रेनी सेनालाई ‘हटाउन&rsqu...

बंगलादेशका गृह मामिला सल्लाहकार सखावतले अल्पसंख्यकसँग माफी माग्दै भने - 'सुरक्षा दिन सकेनौं'

इकागज | साउन २८, २०८१

काठमाडौँ - बंगलादेशका गृह मामिला सल्लाहकार ब्रिगेडियर जनरल (सेवानिवृत्त) एम सखावत हुसेनले अल्पसं...

बंगलादेशका हिन्दुको माग: ‘अल्पसंख्यकका लागि छुट्टै मन्त्रालय, १० प्रतिशत आरक्षण’

इकागज | साउन २८, २०८१

ढाका - बंगलादेशमा प्रदर्शनकारीहरूले हिन्दूहरूमाथि हुने आक्रमण रोक्न आवश्यक कदम चाल्न माग गरेका छन्।&...

अमेरिकाले हसिनासँग मागेको ‘सेन्ट मार्टिन टापु’ जुन ब्रिटिसकाे पनि कब्जामा थियाे

इकागज | साउन २८, २०८१

ढाका - सेन्ट मार्टिन टापु, जसलाई लिएर बंगलादेशको राजनीतिमा धेरै हंगामा मच्चिएको छ । के तपाईंलाई थ...

युक्रेनी आक्रमणपछि सीमाका बासिन्दालाई सुरक्षित स्थानमा सार्दै रूस

इकागज | साउन २८, २०८१

मस्को -रूस र युक्रेनबीचको युद्धका क्रममा युक्रेनले रूसी सीमा क्षेत्रमा आक्रमण बढाएको छ । आक्रमणसँगै रूसले ...