विश्व

चीनको युवा बेरोजगारी दर बढ्‌यो

इकागज | भदौ १, २०८१

बेइजिङ- चीनको युवा बेरोजगारी दर जुलाई महिनामा बढेर १७.१ प्रतिशत पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ जुन यस वर्षकै सबैभन्दा उच्च हो ।   

राष्ट्रिय तथ्याङ् विभागको तथ्याङ्क अनुसार १६–२४ वर्ष उमेर समूहका मानिसहरूको बेरोजगारी दर जुन महिनामा १३.२ प्रतिशत रहेको थियो ।

युवाहरूमा बढ्दो बेरोजगारी विश्वको अर्थतन्त्रले सामना गरिरहेको अवरोधहरू मध्ये एउटा हो । 

एनबीएसले सार्वजनिक गरेको तथ्याङ्क अनुसार  देशमा २५–२९ वर्ष उमेरका  युवामा बेरोजगारी दर अघिल्लो महिना ६.४ प्रतिशतबाट बढेर जुलाईमा  ६.५ प्रतिशत पुगेको छ । 

यसै सन्दर्भमा राष्ट्रपति सी जिनपिङले मे महिनामा बढ्दो युवा बेरोजगारीको अवस्थालाई “शीर्ष प्राथमिकता“ राखेर अगाडी बढ्नु पर्ने बताउनुभएको छ ।  

जुन महिनामा ११.८ मिलियन विद्यार्थीहरूले चीनको विश्वविद्यालयबाट स्नातक गरेसँगै रोजगार बजारमा अझै प्रतिस्पर्धा बढेको छ । (एएफपी)

मोदी र बंगलादेशका अन्तरिम सरकार प्रमुख डा. युनुसबीच फोनवार्ता

इकागज | साउन ३२, २०८१

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशका अन्तरिम सरकार प्रमुख डा. मोहम्मद युनुसबीच फोनवा...

गाजाबाट अष्ट्रेलिया आएका आप्रवासीलाई भिसामा प्रतिबन्धको आव्हान ‘अपमानजनक’ : उपप्रधानमन्त्री रिचर्ड

इकागज | साउन ३२, २०८१

काठमाडौँ - अष्ट्रेलियाका उपप्रधानमन्त्रीले गाजाबाट भागेका प्यालेस्टिनीलाई भिसा प्रतिबन्धको लागि सरकारले गर...

सिनावात्रा थाइल्याण्डको प्रधानमन्त्रीमा निर्वाचित

इकागज | साउन ३२, २०८१

बैङ्कक- थाइल्याण्डको संसदले ३७ वर्षीया छोरी पाएटोङ्टार्न सिनावात्रालाई शुक्रबार प्रधानमन्त्रीमा निर्वाचित गरे...