विश्व

कोलकत्ता : प्रशिक्षार्थी डाक्टरको सामुहिक बलात्कारपछि हत्या

इकागज | साउन ३१, २०८१

कोलकोत्ता- कोलकाताको ट्रेनी डाक्टरको बलात्कार र हत्या प्रकरणमा नयाँ खुलासा भएको छ । 

अखिल भारतीय सरकारी चिकित्सक संघका अतिरिक्त सचिव डा. सुवर्णा गोस्वामीले पोस्टमार्टम रिपोर्टलाई उदृत गर्दै यो बलात्कार नभएर सामूहिक बलात्कार हुन सक्ने बताएकी छिन् ।

प्रशिक्षार्थी चिकित्सकको प्राइभेट पार्टबाट १५१ एमजी वीर्य भेटिएको बताउँदै उनले यो दाबी गरेकी हुन् । ‘कुनै पनि व्यक्तिसँग यति धेरै मात्रामा विर्य हुन सक्दैन्, बलात्कारको घटनामा एकभन्दा बढी व्यक्ति संलग्न हुन सक्ने सम्भावना छ ।’

प्रशिक्षार्थी डाक्टरको शव अर्धनग्न अवस्थामा फेला परेको थियो । गत अगस्ट ९ मा आरजी कार मेडिकल कलेज तथा अस्पतालको सेमिनार हलमा प्रशिक्षार्थी चिकित्सकको अर्धनग्न शव फेला परेको थियो ।

डाक्टरको गोप्य भाग, आँखा र मुखबाट रगत बगिरहेको थियो । पोष्टमार्टम रिपोर्टमा बलात्कारपछि हत्या भएको उल्लेख छ । जसका कारण भारतभरीमा चिकित्सकहरूले निरन्तर विरोध प्रदर्शन गरिरहेका छन् । 

उता मेडिकल कलेजका आवासीय चिकित्सकहरूले अस्पताल प्रशासनले प्रमाणमा छेडछाड गरेको आरोप लगाएका छन् । उनीहरू भिडियो शेयर गर्दै भनेका छन् कि- ‘सेमिनार हलबाट २० मिटर टाढा रहेको चेस्ट विभागको कार्यालयमा तोडफोड भइरहेको छ । प्रहरीको अगाडि नै मर्मतसम्भारको नाममा प्रमाणहरू तोडफोड भइरहेको छ ।’

इजरायलविरुद्ध प्रदर्शन गर्न अनुमति दिने अध्यक्षले दिइन् राजीनामा

इकागज | साउन ३१, २०८१

न्युर्योक- कोलम्बिया युनिभर्सिटीका अध्यक्ष मिनोचे शफिकले बुधबार आफ्नो राजीनामाको घोषणा गरेकी छिन् । ...

अफ्रिकी मुलुकमा मंकीपक्स फैलिएपछि डब्ल्यूएचओले गर्‍यो स्वास्थ्य आपतकाल घोषणा

इकागज | साउन ३१, २०८१

काठमाडौँ- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बुधबार मंकीपक्सलाई विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गरेको ...

जापानका प्रधानमन्त्री किशिदाले सेप्टेम्बरमा राजीनामा दिने

इकागज | साउन ३०, २०८१

काठमाडौँ- जापानका प्रधानमन्त्री फुमियो किशिदाले आगामी महिना सेप्टेम्बरमा प्रधानमन्त्री पदबाट राजीनामा दिन...

हसिनाले भनिन्- देशलाई स्वतन्त्र बनाउने मेरा पिताको अपमान भयो

इकागज | साउन ३०, २०८१

काठमाडौँ- बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छोडेपछि पहिलो पटक वक्तव्य जारी गरेकी छन् । मंगलब...

रामदेव र बालकृष्णविरुद्धको अदालतको अवहेलना मुद्दा खारेज

इकागज | साउन ३०, २०८१

काठमाडौँ- भारतको सर्वोच्च अदालतले पतञ्जली लिमिटेडका संस्थापक बाबा रामदेव र प्रबन्ध निर्देशक आचार्य बालकृष्...

हसिनाविरुद्ध बंगलादेशको अदालतमा पहिलाे मुद्दा, स्वदेश फर्किए पक्राउ पर्न सक्ने

इकागज | साउन २९, २०८१

ढाका- यहाँको एक अदालतले पूर्व प्रधानमन्त्री शेख हसिना र अन्य ६ जनाविरुद्धको मुद्दा दर्ता गरिदिएको छ । राज...