विश्व

बेलायतमा हिंसात्मक प्रदर्शनका क्रममा ९० जनाभन्दा बढी पक्राउ

इकागज | साउन २०, २०८१

काठमाडौं - बेलायतमा हिंसात्मक प्रदर्शनका क्रममा ९० जनाभन्दा बढी पक्राउ परेका छन् । अति दक्षिणपन्थी आप्रवासी आन्दोलनले हिंसात्मक रुप लिएपछि बेलायतमा शनिबार ९० जनाभन्दा बढी पक्राउ परेका हुन् । 

हल, लिभरपुल, ब्रिस्टल, म्यानचेस्टर, ब्ल्याकपूल र बेलफास्टमा पसलहरू लुटिएका थिए भने प्रहरी अधिकारीहरूमाथि आक्रमण गरिएको थियो । तर सबै प्रदर्शन हिंसात्मक थिएनन्।

 प्रधानमन्त्री केयर स्टार्मरले घृणा फैलाउन खोज्ने चरमपन्थीहरू विरुद्ध कारबाही गर्न प्रहरीलाई सरकारले पूर्ण सहयोग गर्ने वाचा गरेका छन्। साउथपोर्ट, मर्सीसाइडमा सोमबार टेलर स्विफ्ट थिम पार्टीमा तीन बालिकाको हत्या भएपछि तनाव बढेको हो।

लिभरपुलमा प्रहरीमाथि इँटा, बोतल र फ्लेयर प्रहार गरिएको थियो । कुर्सी प्रहारबाट एक प्रहरीको टाउकोमा चोट लागेको थियो भने अर्कोलाई लात हानेर बाइकबाट खसालिएको थियो।

इरानी सेनाका सेक्रेट एजेन्टको प्रयोग गरेर इस्माइलको हत्या गरिएको दाबी

इकागज | साउन २०, २०८१

काठमाडौँ - इरानले हमास प्रमुख इस्माइलहानियाको हत्यामा संलग्न २४ जनालाई पक्राउ गरेको छ । यसमा धेरै...

भारतको वायनाडमा भूस्खलनमा परी मृत्यु हुनेको संख्या २१६ पुग्यो

इकागज | साउन १९, २०८१

काठमाडौँ- भारतको केरलाका मुख्यमन्त्री पिनाराई विजयनले वायनाड दुर्घटनामा मृत्यु हुनेको संख्या २१६ पुगेको...

ह्यारिसलाई उम्मेदवार बन्न बहुमत डेमोक्रेट प्रतिनिधिको सर्मथन

इकागज | साउन १९, २०८१

काठमाडौँ- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने पक्का भएको छ...

हमास नेता इस्माइलको हत्या दुई महिना अघि गेस्ट हाउसमा राखिएको बमबाट भएको दाबी

इकागज | साउन १८, २०८१

काठमाडौँ- इरानमा हत्या गरिएका हमासका शीर्ष नेता इस्माइल हानियाको हत्या योजना दुई महिना अघि नै भएको मि...

अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिद्वारा रिहा भएका अमेरिकी नागरिकलाई स्वागत

इकागज | साउन १८, २०८१

काठमाडौं - रूससँगको कैँदी आदानप्रदानमा रिहा भएका अमेरिकी पत्रकार इभान गेर्शकोभिच, र अन्य दुई पूर्...