विश्व

फिलिपिन्सको चाइनाटाउनमा आगलागी हुँदा ११ जनाको मृत्यु

इकागज | साउन १८, २०८१

मनिला - फिलिपिन्सको राजधानी मनिलाको चाइनाटाउनस्थित एक भवनमा शुक्रबार बिहान आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ ।

मनिलाको बिनोन्डोमा बिहान लागेको आगो नियन्त्रणका लागि १४ वटा दमकल र अग्नि नियन्त्रकलाई  दुई घण्टा लागेको मनिला नगरीय दमकल विभागले जनाएको छ ।

उद्धारकर्मीले पाँच तले भवनभित्र ११ जनाको शव फेला पारेको बताएका छन् । 

आगलागीको कारण र मृतकको पहिचान खुल्न सकेको छैन ।

मध्यान्हसम्म शव वाहन सडकमा लाइन लागेर बसेको देखिएको प्रत्यक्षदर्शी एएफपीका एक पत्रकारले जानकारी गराए । 

आगलागी भएको भवनको भुइँ तलामा पसलहरू र माथिल्लो तला आवासीय प्रयोगका लागि प्रयोग भएका थिए ।
 

डेमोक्रेटको राष्ट्रपति उम्मेदवार छान्न मतदान शुरु, ह्यारिसले बहुमत ल्याउने निश्चित

इकागज | साउन १८, २०८१

काठमाडौँ- अमेरिकामा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार चयनका लागि मतदान सुरु भएको छ । ...

भेनेजुएलामा रहेको अजेन्टिनाको दूतावास ब्राजिलको नियन्त्रणमा

इकागज | साउन १८, २०८१

ब्युनस आयर्स- अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलीले बिहीबार भेनेजुएलामा आफ्नो देशको दूतावासको जिम्मा लि...

पाकिस्तानी पुर्वप्रधानमन्त्री खानकी पत्नी बुशराद्वारा उच्च अदालतमा पुनरावेदन

इकागज | साउन १७, २०८१

पाकिस्तान - पाकिस्तान तेहरीक–ए–इन्साफ (पिटिआई) का संस्थापक इमरान खानकी पत्नी बुशरा बीबीले ...

मध्यपूर्वका सबै पक्षलाई 'उत्तेजक कार्य रोक्न' अमेरिकी विदेशमन्त्री ब्लिन्केनको आग्रह

इकागज | साउन १७, २०८१

काठमाडौं - मध्यपूर्वका ‘सबै पक्ष’लाई गाजामा ‘बढ्दो गतिविधि’ रोक्न र युद्धविराम ...