विश्व

टिकटकको मुख्यालयका ६० कर्मचारीलाई 'फुड पोइजन'

इकागज | साउन १६, २०८१

काठमाडौं - टिकटकको मूल कम्पनी बाइट डान्सको सिंगापुर मुख्यालयका करिब ६० कर्मचारी खानामा विषाक्तता ( फुड पोइजन) का कारण बिरामी परेका छन् ।

मिडिया रिपोर्टका अनुसार मंगलबार ६० जनामा ​​पेटसम्बन्धी समस्या देखिएको छ। जसमध्ये ५७ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

स्वास्थ्य र खाद्य सुरक्षा अधिकारीहरूले यस विषयमा अनुसन्धान गरिरहेको बताइएको छ । बाइट डान्स कम्पनीले पनि कर्मचारी बिरामी परेको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

बाइट डान्सको कार्यालयमा तेस्रो पक्षले खाना आपूर्ति गर्ने स्थानीय मिडियाहरूले उल्लेख गरेका छन् । स्थानीय मिडियाका अनुसार घाइतेहरूको उपचारका लागि १७ एम्बुलेन्स पठाइएको थियो ।

बाइटका प्रवक्ताले कर्मचारीहरूको स्वास्थ्य र खाद्य सुरक्षालाई गम्भीरताका साथ लिएको उल्लेख गर्दै प्रभावित कर्मचारीको सहयोग गर्न तत्काल कदम चालेको बताएका छन् । उनले यस विषयमा अनुसन्धान गरिरहेको र सम्बन्धित निकायसँग मिलेर काम गरिरहेको बताएका छन् ।

साइबर दुर्व्यवहार नियन्त्रणका लागि नयाँ नियम लागू गर्दै चीन

इकागज | साउन १६, २०८१

बेइजिङ- चीनले इन्टरनेट प्रयोगकर्तालाई साइबरस्पेसमा हुने दुर्व्यवहार तथा हिंसाबाट जोगाउने उदेश्यले बिहीबा...

डोनेट्स्क क्षेत्रको अर्को गाउँ नियन्त्रणमा लिएको रूसको दाबी

इकागज | साउन १६, २०८१

मस्को- रूसी सेनाले मङ्लबार युक्रेनको नियन्त्रणमा रहेको पूर्वी डोनेट्स्क क्षेत्रको अर्को गाउँ कब्जा गरेको दाबी...

बेलायतको साउथपोर्टमा भएको छुरा आक्रमणमा २ बालबालिकाको मृत्यु, ९ घाइते

इकागज | साउन १५, २०८१

लण्डन- उत्तरी इङ्गल्यान्डमा सोमबार टेलर स्विफ्ट–थिम गरिएको नृत्य कक्षालाई लक्षित गरी भएको छुरी आक्रमणम...