विश्व

जापानको बेरोजगारी दर घट्यो

इकागज | साउन १५, २०८१

जापान - जापानको बेरोजगारी दरमा सुधार भएको छ। सरकारी तथ्यांक अनुसार पछिल्लो महिनाको २.६ प्रतिशतको तुलनामा जुन महिनामा बेरोजगारी दर २.५ प्रतिशतमा झरेको छ।

जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाए अनुसार जापानमा एक वर्षअघिको तुलनामा तीन लाख ७० हजारले बढेर जुन महिनामा रोजगार व्यक्तिहरूको सङ्ख्या ६८.२२ मिलियन पुगेको छ।

बेरोजगार व्यक्तिहरूको सङ्ख्या जुन महिनामा ३.३ प्रतिशतले घटेको छ, जसको मुख्य कारण मानिसहरूले स्वेच्छाले जागिर छाडी नयाँ काम खोज्नु हो। यो सङ्ख्या मौसमी बेरोजगारीमा समायोजित हुँदा १.७६ मिलियनमा पुगेको छ।

स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयका अनुसार, जापानको रोजगार–आवेदक अनुपात मे महिनामा १.२४ थियो भने जुन महिनामा यो घटेर १.२३ मा पुगेको छ। यो लगातार तेस्रो महिनासम्म भएको गिरावट हो । जसले प्रत्येक सय जना रोजगारी खोज्नेहरूको लागि १२३ रोजगारी उपलब्ध भएको संकेत गर्छ।

बेलायतको साउथपोर्टमा भएको छुरा आक्रमणमा २ बालबालिकाको मृत्यु, ९ घाइते

इकागज | साउन १५, २०८१

लण्डन- उत्तरी इङ्गल्यान्डमा सोमबार टेलर स्विफ्ट–थिम गरिएको नृत्य कक्षालाई लक्षित गरी भएको छुरी आक्रमणम...

इजरायली सेनाद्वारा गाजास्थित विद्यालयमा आक्रमण, कम्तीमा ३० जनाको मृत्यु

इकागज | साउन १२, २०८१

काठमाडौँ - गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायली सेनाको आक्रमणमा कम्तीमा ३० जनाको ...

सुरक्षाका लागि विद्यार्थी नेतालाई पक्राउ गरिएको बङ्गलादेशको प्रशासनको दाबी

इकागज | साउन १२, २०८१

ढाका - बंलादेशमा निजामती सेवामा आरक्षण (कोटा) प्रणालीको विरोधमा भएको प्रदर्शनले देशव्यापी अशान्ति मच्चाए...

कमला ह्यारिसले कसरी कब्जामा लिइन् ४८ घण्टामै डेमोक्रेटिक पार्टी ?

इकागज | साउन १२, २०८१

काठमाडौँ- जुलाई २१ आइतबार बिहान अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आफ्ना नजिकका व्यक्तिहरू र सल्लाहकारह...