विश्व

बाइडेनले छोडे राष्ट्रपतिको उम्मेदवारी, कमला ह्यारिसलाई समर्थन

इकागज | साउन ७, २०८१

काठमाडौँ - अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको उम्मेदवारी फिर्ता लिएका छन् । 

८१ बर्षीय बाइडेनले आफ्नो उम्मेदवारी फिर्ता लिँदै आफ्नी सहकर्मी र उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवारमा समर्थन गर्ने घोषणा गरेका हुन् ।

पछिल्लो समय बढ्दो उमेर र स्वास्थ्यका कारण बाइडेनले रिपब्लिकन पार्टीका उम्मेदवार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती दिन नसक्ने भन्दै उनलाई उम्मेदवारी फिर्ता लिन दबाब दिइएको थियो ।

बाइडेनले विज्ञप्तिमा भनेका छन्- 'राष्ट्रपतिको रूपमा सेवा गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान हो । फेरि चुनाव लड्ने मेरो मनसाय भए पनि पार्टी र देशको हितमा उम्मेदवारी फिर्ता लिने र बाँकी कार्यकाल राष्ट्रपति पदको जिम्मेवारी पूरा गर्नमा पूर्ण ध्यान दिने विश्वास लिएको छु ।'

बाइडेनले आफ्नो निर्णय बारे राष्ट्रको नाममा सम्बोधन गर्ने अमेरिकी मिडियाहरुले बताएका छन् । अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

यसैबीच कमला ह्यारिसले आफूलाई राष्ट्रपतिको उम्मेदवारीमा बाइडेनको समर्थन पाउनु सम्मानको कुरा भएको प्रतिक्रिया दिएकी छन् ।   

मलेसियामा नयाँ राजा सुल्तान इब्राहिम इस्कन्दरले सम्हाले राजगद्दी

इकागज | साउन ५, २०८१

काठमाडौँ- मलेसियाका नयाँ राजा सुल्तान इब्राहिम इस्कन्दरले राजगद्दी सम्हालेका छन् । उनी अर्बपति व्यापारी पन...

बंगलादेशमा आरक्षण विरोधी आन्दोलन : ३५ जनाको मृत्यु, देशभर कर्फ्यू

इकागज | साउन ५, २०८१

काठमाडौँ- बंगलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा भड्किएको हिंसालाई नियन्त्रण गर्न सरकारले राष्ट्रव्यापी ...

बङ्गलादेशका प्रधानमन्त्रीको शासनका लागि विद्यार्थी अशान्ति ठूलो चुनौती

इकागज | साउन ५, २०८१

ढाका- बढ्दो विद्यार्थी आन्दोलनका साताहरू बङ्गलादेशको स्मृतिमा सबैभन्दा खराब अशान्तिका रूपमा परिणत भएका छन्...

ट्रम्प फेरि राष्ट्रपति बनेमा काम गर्न सहज हुँदैन- युक्रेनी राष्ट्रपति जेलेन्स्की

इकागज | साउन ४, २०८१

काठमाडौँ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्प फेरि अमेरिकाको राष्ट्रपति बने भने उनीस...