देशभरका शिक्षकले भदौ २९ सम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

काठमाडौँ- सामुदायिक विद्यालयका शिक्षकहरूले आफ्नो सम्पत्ति विवरण बुझाउनु पर्ने भएको छ । देशभरका शिक्षकको सम्पत्ति विवरण साउन १ गतेदेखि भाद्र २९ गतेसम्म राष्ट्रिय किताब खाना (शिक्षक) मा प्राप्त हुने गरी राष्ट्रिय किताब खानाले सूचना जारी गरी निर्देशन दिएको छ ।
स्थायी शिक्षकहरूले आर्थिक वर्ष २०७७/०७८ को सम्पत्ति विवरण विद्यालय, स्थानीय तहले संकलन गरी जिल्ला शिक्षा विकास तथा समन्वय इकाईहरूमा बुझाउनुपर्ने छ । इकाईहरूले जिल्लाका सबै शिक्षकहरूको विवरण भदौ २९ सम्ममा पठाइ सक्नुपर्ने छ ।
विद्यालयमा कार्यरत करार, राहत, बाल विकास शिक्षक, विद्यालय कर्मचारी आदिले आफू कार्यरत स्थानीय तहमा विवरण बुझाउनुपर्ने छ । स्थानीय तहले सो विवरण सुरक्षितसाथ राख्नुपर्ने छ । सम्पत्ति विवरण बुझाउने दिन सार्वजनिक विदा परेमा उक्त दिन किताबखाना खुला रहने छ ।
आर्थिक वर्ष समाप्त भएको ६० दिनमा प्रत्येक शिक्षकले आफ्नो र परिवारको नाममा रहेको सम्पत्तिको वा निस्सासहितको आवद्यिक विवरण पेश गर्नुपर्ने व्यवस्था छ ।

रूकुमपश्चिममा पानी बोकेको मिनीट्रक दुर्घटना हुँदा चालकको मृत्यु

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

आज अमूर्त सम्पदा संरक्षणका लागि ‘धर्मपथ महोत्सव’ गरिँदै

मोटरसाइकल चोरीमा संलग्न एकजना ट्राफिक प्रहरीको नियन्त्रणमा

चट्याङ लागेर बालकको मृत्यु

वडा कार्यालयका लागि निःशुल्क जग्गा प्रदान

गोली चलाएर अभियुक्त नियन्त्रणमा

प्रतिक्रिया