'एमसीसीकै श्रृंखला त होइन ? चीनलाई दक्षिणतिरबाट घेर्ने योजना त होइन ?'

काठमाडौँ : म्यानमारमा सैन्य 'कू'विरुद्ध भइरहेको आन्दोलनमाथि नेपाल मजदूर किसान पार्टीले आफ्नो धारणा व्यक्त गरेको छ । प्रतिनिधि सभालाई सम्बोधन गर्दै बिहीबार नेमकिपाका सांसद प्रेम सुवालले उक्त आन्दोलनप्रति आशंका व्यक्त गरेका छन् ।
'म्यानमारमा सैन्य 'कू'को विरोधमा चिनिया उद्योगमा आगलागी र चीनको झण्डा जलाइएको छ । कतै यो एमसीसीको श्रृंखला त होइन ? भन्ने प्रश्न उठिरहेको छ', सुवालले भने,'म्यानमारका जनताको अधिकार र स्वातन्त्रताको लागि अमेरिकी सरकारको हस्तक्षेप त होइन ? यो पनि प्रश्न उठिरहेको छ ।'
त्यस्तै सांसद सुवालले चीनलाई दक्षिणतिरबाट घेर्ने योजना त होइन ? भनेरसमेत प्रश्न गरेका छन् । उनले मानव अधिकार र लोकतन्त्रको विषय उठाएर पश्चिमा मुलुकले अर्को मुलुको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरेकोसमेत आरोप लगाए ।

भिजिट भिसा प्रकरणलाई मानवतस्करीसँग जोडेर हेर्न हुँदैनः श्याम घिमिरे

गाउँघरमा बिरामी र मृत्यु हुँदा शव बोक्ने युवा छैनन्ः सांसद भण्डारी

बजेटमा कृषिलाई उपेक्षा भयोः सांसदहरु

राष्ट्रियसभामा जुहारचन र शास्त्रीको निधनप्रति शोक प्रस्ताव पारित

देशको काठको उपयोग नगरी विदेशबाट काठ आयात नगर्न सांसदको माग

निजामती विधेयकमा माओवादीले राजनीति गर्योः सचेतक बर्तौला

राष्ट्रियसभाः उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज नगर्न माग

प्रतिक्रिया