भोलिदेखि लगाइँदै कोभिडविरुद्धको दोस्रो डोज खोप

काठमाडौँ : सरकारले मंगलबारदेखि कोभिडविरुद्धको दोस्रो डोज खोप लगाउने भएको छ । बैशाख ७ देखि ११ गतेसम्म लगाउने खोपका लागि सरकारले १९ खोप केन्द्र तोकेको छ ।
कहाँ-कहाँ लगाइन्छ खोप ?
– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान
– वीर अस्पताल
– त्रि.वि शिक्षण अस्पताल
– प्रसुति गृह तथा स्त्रीरोग अस्पताल
– शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र
– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
– विरेन्द्र अस्पताल, निजामति कर्मचारी अस्पताल
– नेपाल सशस्त्र प्रहरी अस्पताल
– राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र
– नेपाल प्रहरी अस्पताल
– नेपाल मेडिकल कलेज
– ओम हस्पिटल एण्ड रिसर्च सेन्टर
– काठमाडौँ मेडिकल कलेज
– क्षेत्रपाटी निःशुल्क चिकित्सालय
– हिमाल अस्पताल
– जनमैत्री अस्पताल
– स्तुपा अस्पताल
– मदरल्याण्ड अस्पताल
– ह्याम्स अस्पताल
यीमध्ये आफूलाई पायक पर्ने अस्पतालमा पहिलो डोज खोप लगाइसकेकालाई जान सरकारले आग्रह गरेको छ ।
पहिलो डोजको मितिअनुसार दोस्रो डोज
२०७७ माघ १४, १५, १६, १७ र २६ गते पहिलो डोजको खोप लगाएकाले मंगलबार खोप लगाउन पाउनेछन् । माघ १८, १९, २०, २१ र २७ गते लगाएकाले बैशाख बुधबार खोप लगाउनु पर्नेछ । माघ २२, २३, २४, २८ र फाल्गुन २ गते खोप लगाएकाले बैशाख बिहीबार गते लगाउनु पर्नेछ । माघ २९ र फाल्गुन ३, ४, ५ र ६ गते खोप लगाएकाले बैशाख शुक्रबार लगाउनु पर्नेछ भने माघ ३० र फाल्गुन ७, ८, ९ र १० गते खोप लगाएकाले बैशाख आगामी शनिबार खोप लगाउनु पर्नेछ ।

पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको चाप

लुम्बिनीका पाँच जिल्लामा पोषण विशेष कार्यक्रम सञ्चालन गरिने

घरमा नै बसेर फाेहाेर कानकाे सहज उपचार विधि जान्नुहाेस्
सीमा नाकामा कोरोनाको जोखिम कायमै

बागलुङका छ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप

न्यूरो केयर फाउन्डेशन नेपालले गोकर्णेश्वरमा एक दिने निशुल्क शिविर आयोजना गर्दै

आँप खाँदा आउन सक्छ पिम्पल, यी पाँच उपायले जोगिनुस्

प्रतिक्रिया