थप १ हजार २८१ जनामा कोभिड-१९ संक्रमण, ८ को मृत्यु

काठमाडौँ : नेपालमा सोमबार थप १ हजार २८१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार १ जनाको पिसिआर परीक्षणका क्रममा १ हजार २२७ र ५४७ वटा एन्टीजेन परीक्षणका क्रममा थप ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार योसंगै नेपालमा संक्रमितको संख्या दुई लाख ८५ हजार ९०० पुगेको छ । त्यस्तै थप ८ जना संक्रमितको मृत्यु हुँदा हालसम्म मृतकको संख्या तीन हजार ९१ पुगेको छ ।
नेपालमा थप २५५ जना संकेरमणमुक्त भएका छन् भने हालसम्म नेपालमा दुई लाख ७५ हजार ५५५ जना संक्रमित निको भएका छन् । हाल नेपालमा सात हजार २५४ जना आइशालेशन र ८१ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २३ लाख ५२ हजार ५०२ वटा पिसिआर परीक्षण गरिएको छ ।

पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको चाप

लुम्बिनीका पाँच जिल्लामा पोषण विशेष कार्यक्रम सञ्चालन गरिने

घरमा नै बसेर फाेहाेर कानकाे सहज उपचार विधि जान्नुहाेस्
सीमा नाकामा कोरोनाको जोखिम कायमै

बागलुङका छ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप

न्यूरो केयर फाउन्डेशन नेपालले गोकर्णेश्वरमा एक दिने निशुल्क शिविर आयोजना गर्दै

आँप खाँदा आउन सक्छ पिम्पल, यी पाँच उपायले जोगिनुस्

प्रतिक्रिया