अमेरिकाले भन्यो- प्रेस स्वतन्त्रताका लागि नेपाल सरकार र जनताले सार्थक संवाद गर्ने आशा छ

काठमाडौँ- नेपालस्थित अमेरिकी दूतावासले सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले सार्थक संवाद गर्ने आशा राखेको बताएको छ ।
बुधबार बिहान सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै अमेरिकी दूतावासले 'अझ परिपूर्ण मुलुक' बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जवाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्तहरू भएको बताएको हो ।
अमेरिकी दूतावासले भनेको छ 'अझ परिपूर्ण मुलुक' बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जवाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्तहरू हुन् । कठिन संघर्षपश्चात् प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दैगर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्नेछन् भन्ने आशा हामीले राखेका छौँ ।'
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता प्रकरणमा मंगलबार मात्रै पक्राउ गरी आज अदालत बुझाइएको छ । मंगलबार सिरोहिया पक्राउ पर्नु र बुधबार नै अमेरिकी दूतावासले प्रेस प्रेस स्वतन्त्रताको कुरा उठाएको हो ।

इजरायल–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने राजदूत आरीबासको प्रतिबद्धता

प्रधानमन्त्रीसँग राष्ट्रसङ्घका उपमहासचिव फातिमाको भेट

नेपालस्थित बंगलादेश दूतावासले विशेष कार्यक्रम गरि मनायाे ´जुलाई अपराइजिङ डे’

काठमाडौंमा नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको चर्चा

नेपाल–चीन दौंत्य सम्बन्ध ७० औँ वर्षमा

गृहमन्त्री लेखक र संयोजक हाम्दीबीच भेट

चीनसँग व्यापार र पर्यटनमा सहकार्यका लागि मुख्यमन्त्री पाण्डेको प्रस्ताव

प्रतिक्रिया