सरकार

कैलाश सिरोहिया निर्दोश छन्, सजिलै छुट्‌छन् : प्रधानमन्त्री प्रचण्ड

इकागज |
जेठ ९, २०८१ बुधबार १२:१० बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रको अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया निर्दोश भएकाले सजिलोसँग छुट्‌ने बताएका छन् । हिमाल, मानिस र जलवायुसम्बन्धी विज्ञहरूको अन्तर्राष्ट्रिय संवाद कार्यक्रमपछि पत्रकारहरूसँग चन्द्रागिरीमा कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

'अदालती प्रक्रियाबाट उहाँ निर्दोश हुनुहुन्छ' प्रधानमन्त्री प्रचण्डले भने 'सजिलै छुट्नुहुन्छ । यो हल भइ नै हाल्छ ।' 


पत्रकारहरूले उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री रवि लामिछानेले रिसिइबी साँधेको भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने- 'मान्छेले बढी कुरा गरेका हुन् ।  बढी होहल्ला गर्न जरूरी छैन । उहाँसँग के को रिसिइबी हो र ?'

नागरिकता प्रकरणमा जिल्ला अदालत धनुषाको अनुमतिले सिरोहियाविरूद्ध धनुषा प्रहरीले मंगलबार नै पक्राउ पुर्जी जारी गरेको थियो ।

कान्तिपुरले केहि समय अघिदेखि सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नताबारे निरन्तर समाचार प्रकाशित गर्दै आएको थियो ।

र, यो पनि


Author

थप समाचार
x