चार संसदीय समितिको बैठक बस्दै

काठमाडौँ- संघीय संसद अन्तर्गतका चार समितिको बैठक बस्दैछ ।
संघीय संसद सचिवालयका अनुसार ती सवै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछन् ।
जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल हुनेछ । जुन बैठक बिहान ११:३० बजे बोलाइएकोछ ।
कानून, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १:०० बजे बस्नेछ । जुन बैठकमा महान्यायधिवक्ता कार्यालयको काम कारबाहीको सम्बन्धमामा छलफल हुनेछ ।
सार्वजनिक लेखा समितिको बैठकमा २ वटा अजेन्डामा छलफल हुनेछ । जसअनुसार उपसमितिहरुले समितिमा छलफल गर्ने भनी औंल्याएका विषय तथा समितिमा प्राप्त उजुरी उपरहरु सम्बन्धमा छलफल गरिनेछ । जुन बैठक बिहान ११:०० बजेबाट सुरू हुनेछ ।
उता, दिउँसो ३:०० बजेबाट सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछ । जुन बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल हुने सबन्धित समितिले जनाएको छ ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया