उज्यालो नेपाल बनाउन कुलमानलाई जिम्मा दिएका जनार्दन भन्छन्- पहिले पनि लखेटिएका थिए, मैले संघर्ष गरेरै ल्याएको थिएँ

काठमाडौँ- सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएपछि नेकपा माओवादी केन्द्रका नेता पूर्वऊर्जा मन्त्री जनार्दन शर्माले विरोध जनाएका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमा लेख्दै शर्माले विरोध जनाएका हुन् ।
शर्माले पहिले पनि लखेटिएका कुलमानलाई संघर्ष गरेरै आफूले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको स्मरण गरेका छन् ।
'पहिले पनि लखेटिएका कुलमानलाई संघर्ष गरेरै मैले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको कुरा स्मरण गर्दै, लोडसेडिङबाट आहत नागरिकलाई उज्यालो नेपालको हाम्रो सपना र योजनाको कार्यान्वयनमा कुलमानले खेलेको भूमिकाको प्रशंसा गर्दै भन्न चाहन्छु राम्रो काम गर्नेलाई लखेट्ने सोच, प्रवृति र पात्रहरूले बेलाबेलामा युद्ध जितेको आत्मसन्तुष्टि गरेपनि ति सधैँ पराजित नै हुन्छन् ।
घिसिङलाई शर्मा ऊर्जामन्त्री हुँदा पहिलो पटक नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमा नियुक्ति गरिएको थियो ।

गृह मन्त्रालय र यातायात व्यवासयीबीच वार्ता समिति गठन गर्ने सहमति

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आह्वान

पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता

एमालेको 'झोले अभियान'

बर्बरतापूर्ण र अमानवीय व्यवहारको निम्ति प्रधानमन्त्री र गृहमन्त्रीलाई धन्यवाद : कम…

एमाले संसदीय दलको बैठक १ बजेदेखि

राजावादीको काठमाडौँ उपत्यका बन्दको कार्यक्रम फिर्ता

प्रतिक्रिया